• काठमाडौं। शुक्रवार सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति राससले प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशका सांसदहरुसँग भएको भेटको समाचार बनाएको रहेछ। समाचारमा अन्य कुरासँगै विरामीको उपचारको प्रसङग पनि प्रधानमन्त्रीले उठाएका रहेछन्।

    अघिल्लो सरकारले विभिन्न रोगको उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको प्रधानमन्त्रीलाई उदृत गर्दै राससले समाचार निकालेको छ।

    प्रधानमन्त्रीलाई उदृत गर्दै राससमा थप समाचार छः “अहिले उपचारका लागि अर्बौ रकम दाबी गरिएका बिलहरु आएका छन्” प्रधानमन्त्री ओलीले भने “चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाले देशलाई डुबाउने गरी यस प्रकारका निर्णय गरेका छन्, जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ।”

    जनताले स्वास्थ्य उपचारमा सरकारी कुनै सहयोग नपाउने भएपछि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाका पालामा गम्भिर खालका ८ किसिमका रोगमा सरकारले सहयोग गर्ने पहल भएको थियो। सोहि पहल तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाका पालामा कार्यान्वयनमा आएको थियो। जस अनुसार विपन्न नागरिकले आर्थिक सहायता पाउने आठ रोगको पहिचान गरि कार्यविधी बनाएर रकम दिने निर्णय भएको थियो।

    जस अनुसार मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेडइन्जुरी र सिकलसेल एनिमियाका विरामीलाई सरकारले सहयोग दिने भएको थियो।

    कोहि पनि नागरिकले उपचार नपाइ अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्य राखि जनभावनालाई नै सम्वोधन हुने गरि सरकारले गरेको सो निर्णयको प्रशंसा गरिएको थियो।

    नेताहरुले मात्र स्वास्थ्य उपचारमा सरकारी रकम पाइरहेका बेला आम नागरिकले पनि सहयोग पाउने भएपछि सर्वसाधारणमा खुसी पनि थियो।

    सरकारले नै नागरिकको शिक्षा र स्वास्थ्यमा जिम्मा लिनुपर्छ भन्ने कुरा भइरहँदा सरकारको यो प्रयासको प्रशंसा भएको पनि थियो। साच्चिकै समाजवादी कार्यक्रम थियो यो। संविधानमै समाजवादको कुरा लेख्न भ्याउने दलहरुले यसलाई विस्तार गर्लान भन्ने अपेक्षा थियो नागरिको।

    तर प्रधानमन्त्री केपी ओलीले शुक्रवार त्यसमा पानी खन्याइदिए। आफूले सरकारी रकम लिएर उपचार गरेकै प्रधानमन्त्री ओलीले जनताले पाएको उपचारले चाहि अर्थतन्त्र नै समस्यामा परेको टिप्पणी गर्दा उनीप्रति सहानुभुति राख्नेहरु रुष्ट भएका छन्।

    आफूले चाहि पटक पटक गरि सरकारी कोषबाट करोडौं लिएका ओली जनताप्रति भने किन यति निर्दयी बने धेरैले अनौठो मानेका छन्।

    केपीले उपचारमा अहिलेसम्म सरकारी ढुकुटीबाट कति लिए?

    प्रधानमन्त्री हुनुअघी केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने देखिएको छ ।

    ओलीले पटक पटक गरि १७ करोड ६६ लाख ६७ हजार चार सय २ रुपैयाँ सरकारी ढुकुटीबाट लिएका रहेछन।

    ओलीले सरकारबाट २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय लिएका छन्।

    त्यसैगरि २०६४ साउन ६ गते २७ लाख १२ हजार १ सय, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार लिएका छन्।

    २०७१ चैत ५ गते ३७ लाख ७३ हजार, २०७२ कार्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ फागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ सरकारी कोषबाट लिएको सार्वजनिक भएको छ।

    ओलीले लिएको उपचार खर्च दक्षिण एशियामै बढी
    केपी ओलीले उपचारका नाममा लिएको यो रकम दक्षिण एसियामै सबैभन्दा बढी भएको बताइएको छ। तर एउटा रोगी नेता पाल्दा यसले राज्यको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको कुरा नेपाली जनताले मानवियताका आधारमा पनि उठाएनन।

    कसैले उठाएको थियो भने पनि त्यसलाई खासै महत्व दिइएन।ओलीले लिएको उपचार खर्चले ५८९ जना भूकम्प पीडितको घर बन्न सक्ने चर्चा भएपनि उनको उपचार हुँदा पनि जनता खुसी थिए। उनले लिएको उपचार खर्च लगभग कुनै गाउँपालिकाको वजेट आकारको छ भनेर पनि कसैले कुरा उठाएन।

    ओलीले लिएको उपचार खर्चबाट १ किमी सडकका लागि ५ लाख लाग्दा पनि ३ सय ५४ किलोमिटर पक्की मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७ हजार ६६७ बिजुलीका पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा फार्मका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फार्म, प्रतिघर ३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर बन्र सक्ने भएपनि त्यसको चिन्ता नगरि ओलीको उपचरको चिन्ता नेपाली नागरिकले गरेकै थिए।

    ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने चिन्ता व्यक्त भएपनि देशले ओलीलाई बचाउन चाह्यो। जनताले मौन स्विकृती जनाए। तर आज आफू स्वस्थ भएपछि उनै ओली आफूलाई ठीक होस भन्ने कामना गर्ने जनताबीचबाटै कोहि गम्भिर विरामी भएर उपचार गर्न जाँदा सरकारले उपलव्ध गराएको रकमले देशको हालत विग्रिएको कुरा उठाइरहेका छन्। देशले सधैं रोगी नेता चाहि पाल्नुपर्ने अनि तिनै नेताको खराव राज्यसंचालनका कारण विरामी भएका जनताले चाहि बाँच्नु नपर्ने वा मरेपनि हुने भन्ने खालका अभिव्यक्ति किन प्रधानमन्त्रीज्यू ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…