• उर्लाबारीवाशीहरुको माझमा चिरपरिचित नाम हो,युवा व्यवसायी विनोद न्यौपाने । उर्लाबारी नगरीमा २०५९ जेठ ६ गतेदेखि महालक्ष्मी मेसिनरी कन्र्सन सञ्चालन गरी ब्यवसायिक क्षेत्रमा प्रवेश गर्नुभएका न्यौपानेले २०६० सालमा तत्कालिन उर्लाबारी ब्यापार प्रवन्ध समितिको सदस्यता लिनुभएको हो । संघको संस्थागत विकास ,पूर्वाधार निर्माण र सामाजिक गतिविधिमा उहाँले आफ्नो क्षमता र दक्षताले भ्याए सम्म सहयोग र सहभागिता जनाइरहनुभएको छ ।

    संस्थाको २०६६–२०६८ मा कार्य समिति सदस्य र २०६८–०७० मा महासचिव पदमा निर्वाचित भएर संघको प्रगति र ब्यापारी,उद्योगी साथीहरूको सुख दुखको यात्रामा साथ दिदैं निरन्तर अगाडी बढिरहनुभएको छ । उहाँ व्यापारीहरुको हकअधिकार संरक्षण गर्दै ऐतिहासिक काम गर्न यो पटक वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउनुहुन्छ । उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप ।

     

    चुनाव आउनु भन्दा १ महिना अघि देखि नै ब्यस्त हुनुहुन्छ नि ?

    हो ,यो पटक अलि ब्यस्त नै भएको छु । अब उर्लाबारी उद्योग वाणिज्य संघ विगतको जस्तो मात्र छैन । एफएनसीसीआईको सम्बन्धन लिएपछि संघको जिम्मेवारी गहन रुपले बढेको छ । संघले अब उर्लाबारीमा औद्योगिक निर्माण,जग्गा व्यवस्थापानको वातावरण वनाई उद्योगीहरुको समुहलाई आवह्वान गर्दै उर्लाबारीलाई ब्यापारिक क्षेत्रका रुपमा विकसित गराउनु पर्छ । साथैं स्थानीय, प्रदेश र संघीय सरकारसँग समझदारी काम गरी रोजगारको सिर्जना गरिनुपर्छ ।

    रोजगार सिर्जना गर्ने कार्यक्रम चाँहि के हुन नि ?

    कार्यक्रम के के हुन् भन्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारसँग छलफलका आधारमा तयार गर्ने हो । उर्लाबारीमा रामो प्रपोजल ल्याई काम गर्ने टिमलाई सहयोग गर्नुपर्छ । अहिले केहि साथीहरुले उद्योग चलाई रहनुभएको छ । तर, त्यसको प्रवद्र्धन हुन सकेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा औद्योगिक र ब्यावसायिक सुरक्षाको प्रत्याभूति गर्दै लगानीमैत्रि वातावरण तयार गर्नुपर्छ । अनि मात्र रोजगारी आफै सिर्जना हुनेछ

    लगानी भित्रिनेमा कतिको आशावादी हुनुहुन्छ ?

    हेर्नुस, उर्लाबारीका ब्यवसायीसाथीहरुसँग लगानी नभएर उद्योग नखुलेका होइनन् । लगानी गर्न सक्षम हुनुहुन्छ, तर वातावरण छैन । तीन वर्षको अवधिमा ६÷७ वटा वाणिज्य बैंक थपिएका छन् । उनीहरू पनि लगानी गर्ने उपयुक्त ठाउँ हेरिरहेका छन् । उर्लाबारीका साथीहरू उद्योग स्थापना गर्न बाहिर जानु नपरोस भनेर यो सोच ल्याएका हौ कि खोला किनारको तटबन्धनलाई व्यवस्थापन गर्दै उद्योग सन्चालन गर्ने जग्गाको खोज गर्न सकिने हुँदा नगरपालिकासँग सहयोग लिदैं यो कार्यक्रम अगाडी बढाउन सकिनेछ ।

    तपाईहरूका एजेण्डा चाँहि के के छन् ?

    एजेण्डा पुरानै हुन सक्छन तर, तिनलाई व्यवस्थित रुपमा परिणाममुखी बनाउनु पर्छ । उद्योगी, ब्यापारीको ब्यावसायिक हित, प्रवद्र्धन , समय समयमा तालिम, उद्योगी ब्यापारीको स्तरीकरण, बस्तुगत समिति निर्माण गर्ने हाम्रो मुख्य एजेण्डा हो । त्यति मात्र नभई अबको ३ वर्ष भित्र एउटा वीमा कोष तयार गर्ने । ताकि आगलागी हुँदा, मृत्यु हुँदा,अपांगता हुँदा, ब्यापारीले क्षतिपूर्ति पाउन सकुन । हामीले सडक पेटीका व्यापारीहरुलाई पनि सङ्गठित गर्ने कार्यक्रम बनाउनेछौ । सबै ब्यापारीको व्यवसायिक हितको कार्यक्रम सञ्चालन गर्नेछौ ।

    कार्यक्रम त राम्रा छन् , कार्यान्वयन होला त ?

    हुन्छ, ढुक्क हुनुहोस । नगरपालिका र उद्योवाणिज्य संघको सहकार्यमा हामीले घोषणा गरेका धेरै महत्वपूर्ण काम समिति मार्फत हुनेछन् । नगरका मुख्य चौकमा नगरपालिकाको ७५ प्रतिशत सहयोगमा सीसी टिभी जडान भएको छ । थप ठाउँ बरगाछी,दुर्गापुरी,आईतवारे र मंगलवारेमा विस्तार गरिनेछ । उर्लाबारीलाई उज्यालो शहर बनाउन नगरका मुख्य –मुख्य चौकमा सौर्य बत्ती जडानको कार्यक्रमलाई अझ बिस्तार गर्न पहल गर्नेछौ ।

    ब्यापारीका समस्यामा नेतृत्व पङ्क्तिले खासै चासो देखाएनन भन्ने आरोप लाग्ने गरेको छ नि ?

    त्यही भएर हामी सधैं ब्यापारी उद्योगीको दुख सुखमा रहेकोले हाम्रो टिमलाई मत दिनुहोस भनेका हौं । ब्यापारीका मुख्य समस्या फर्म नबीकरण,पान र भ्याट नवीकरण,भाडामा दोहोरो मापदण्ड , बन्द हड्ताल, चन्दा आतङ्क र बेला बेलामा हुने अनुगमन हुन । अनुगमन गर्दा मापदण्ड विपरित ब्यापार भएको रहेछ भने हामीले सहानुभुति मात्र प्रकट गर्न सक्छौं । अरु समस्या समाधानका लागि हामी सधैं ब्यापारी साथीहरूको साथ मै हुनेछौं । फर्म नबीकरण अब अनलाइनबाटै हुन थालेको छ । घरभाडा,बन्द हड्ताल र चन्दा आतङ्क न्यूनीकरण गर्न हामी हाम्रो क्षमता र हैषियतले भ्याए सम्म पहल गर्छाैं ।

    तपाईहरूको समूहले चुनाव जित्ने आधार के के हुन ?

    मैले माथि उल्लेख गरेका एजेण्डा नै चुनाव जित्ने आधार हुन् । यसका अतिरिक्त हामी अब हरेक वर्ष उत्कृष्ठ ब्यापारीलाई सम्मान र पुरस्कार प्रदान गर्नेछौ । सडक किनारमा ब्यापार गर्ने व्यापारीहरूलाई पनि वाणिज्य संघको अपनत्व दिलाउँछौं । हामी उर्लावाशीको मन जित्ने कामहरु गरेर देखाउने छौ ।

    अन्त्यमा केही ?

    हामीले उर्लाबारी उद्योग वाणिज्य संघको तीन दशक लामो इतिहास पार गरेका छौं । यहाँ सम्म आइपुग्दा संस्थाको प्रगती र उन्नतीमा सहयोग पुर्याउनुहुने सबै पूर्व अध्यक्ष ज्यूहरु,व्यापारीसाथीभाई र कार्यसमितिका व्यक्तित्वहरुमा नमन गर्दछु । ब्यापारमा राजनीति हुँनु हुँदैन । तर ब्यापारीको पनि निजी बिचारमा हुने हुनाले आस्थालाई स्भाविक रुपमा लिन सकिन्छ । आस्थाका आधारमा प्रतिस्पर्धा भएपनि विचार सफा,गहन सोच,धैर्यता र इमान्दारिता भएका हाम्रा टिमका व्यक्तित्वहरुलाई विजय गराउन हुन अनुरोध गर्दछु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…