• रूपेन्द्र शेर्मा
    उर्लाबारी, १९ साउन ।
    कांग्रेस क्षेत्रीय सभापति एबम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले तरुण दललाई रचनात्मक काममा लाग्न सुझाव दिएका छन् ।
    मोरङको केराबारीमा शनिबार तरुण दलले आयोजना गरेको खेलाडि सम्मान कार्यक्रममा फागोले सो कुरा बताएका हुन् । जनताको दुःख र समस्या समधानका लागि तरुणहरुलाई रचनात्मक काममा लाग्न उनले सुझाव दिएका हुन् । तरुण दल कांग्रेसको मेरुदण्ड र परिवर्तनको सम्वाहक भएको बताउँदै फागोले लोकतन्त्र रक्षाका लागि अझ सक्रिय रहन आग्रह गरे । सबै जातजातीलाई मिलाएर कांग्रेसले मात्र लान सक्ने दाबी गर्दै फागोले कम्युनिष्ट एकल जातीय पार्टी भएको आरोप लगाए । उनले कम्युनिष्ट सरकारको झूठो सपना पुरा हुन नसक्ने ठोकुवा समेत गरे । नेपाललाई पानी माथि जहाज भन्दा पानीबाट विधुत चाहिएको फागोको भनाई छ । कांग्रेस फुट्दा देशलाई घाटा हुने तर, कम्युनिष्ट जुट्दा देशलाई फाइदा नहुने उनको दाबी छ ।
    कांग्रेस जिल्ला सदस्य एबम् केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले राष्ट्रिय राजनीतिमा तरुणको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले खेलकुद क्षेत्रमा केराबारी गाउँपालिकाले सहयोग गर्ने र त्यसका लागि तरुण दललाई जिम्मा दिने बताए ।
    कार्यक्रममा फुटबल खेलाडि केराबारी–७ का समिर लिम्बु, केराबारी–८ का सुर्य थापा र प्रवेश बस्नेतलाई सम्मान गरिएको थियो । उनीहरुलाई कांग्रेस क्षेत्रीय सभापति फागोले सम्मानपत्र प्रदान गरे ।
    तरुण दल केराबारीका अध्यक्ष पप्पु साहको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष खेम थापा, केराबारी–८ का वडाध्यक्ष मनोज खड्का, तरुण दल क्षेत्रीय संयोजक चन्द्र केसीलगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…