रतुवामाई साउन १९ गते । कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको आरम्भ नाट्य डबली साहित्य मञ्च रतुवामाई –१० ले शनिवार केक काटि पहिलो वार्षिकोत्सवले अध्यक्षमा समीर सुबेदीलाई चयन गरेको छ ।
महेन्द्र मावि देवीस्थानमा भएको उत्सबले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो समिर सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको गरिएको छ । आरम्भको उपाध्यक्षमा समीन बराल , सचिवमा नानु नेपाल , सहसचिवमा हरि नेपाल र कोषाध्यक्षमा सविन भट्टराई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा गोमा लुईटेल ,खड्ग वेदना ,मनोज भण्डारी र उचित अर्याल छन् ।
त्यसैगरी महेन्द्र रेग्मीको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा प्रेम भण्डारी ,मिलन डाँगी ,रामु घिमिरे ,रञ्जु पराजुली , पुजन दास र भोजराज चौलागाई रहेका छन् । कार्यसमितिको पहिलो वैठकबाट अरु २ जना सदस्यलाई मनोनित गर्ने अध्यक्ष सुवेदीले बताए । डबलीले रतुवामाई समाजिक तथा सास्कृितक गतिविधि गर्दै आएको छ । सो अवसरमा वर्ष भरीको आर्थिक प्रतिवेदन सविन भट्टराई र वार्षिक प्रगति प्रतिवेदन हरि नेपालले प्रस्तुत गरेका थिए ।