• चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ ।

    राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ ।

    नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेका बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिनभन्दा बढी हुने गरी तोकिने छैन ।

    राष्ट्रियसभाको बैठक सामान्यतया ११ बजे र प्रतिनिधिसभाको बैठक सामान्यतया १ बजे बस्ने छ ।’

    राष्ट्रियसभाको बैठक प्रायःजसो धेरै दिनको अन्तरमा नै हुँदै आएको छ । साउन १ गते बसेको बैठक ८ गतेसम्म स्थगित भयो, ९ गते बसेको बैठक १६ गतेका लागि आव्हान गरिएको थियो ।

    ८ गते पनि सत्ता र प्रतिपक्षीको जुहारीका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन, भोलिपल्ट पनि नेपाली कांग्रेसका सांसदहरुले पछिल्ला घटनाक्रमका बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

    राष्ट्रियसभालाई माथिल्लो सदन भनिन्छ र प्रतिनिधिसभा तल्लो सदन भन्ने गरिएको छ । प्रतिनिधिसभाले गरेका काम कारबाहीलाई राष्ट्रियसभाले अनुगमन, मूल्यांकन गर्दै सुझाव दिने काम गर्दछ ।

    तर प्रतिनिधिसभामा भने एक र अर्को बैठक सञ्चालनबीचको अवधि नतोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मणलाल कर्णले बताउनुभयोे । प्रतिनिधिसभा नियमावली, २०७५ को पनि परिच्छेद २ मा नै प्रतिनिधिसभाको अधिवेशन तथा बैठक सञ्चालनसम्बन्धी व्यवस्था छ ।

    प्रतिनिधिसभाको बैठक सञ्चालन र अन्त्य सभामुखले नै र राष्ट्रियसभाको बैठक सञ्चालन र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था छ । सभामुख र अध्यक्षको अनुपस्थितिमा अन्य सदस्यले बैठक सञ्चालन रहँदा अध्यक्षता गर्न सक्ने व्यवस्था छ । दुवै सदनले सभामुख र अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम चयन गरेका छन् ।

    प्रतिनिधिसभा नियमावलीमा ३० परिच्छेद र ६ अनुसूची, राष्ट्रियसभामा २३७ नियम रहेका छन् । फागुन २२ गते बसेको दुवै सदनका अलगअलग बैठकले प्रतिनिधिसभामा १३ सदस्यीय र राष्ट्रियसभामा ९ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको थियो ।

    दुवै बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने छ, मन्त्री नभए बैठक चल्ने गरेका छैनन् । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने छ । मन्त्री उपस्थित नभए विपक्षीले संसद् अवरोध गर्ने गरेका छन् । प्रतिनिधिसभामा २ सय ७४ र राष्ट्रियसभामा ५९ सदस्य छन् ।

    कैलाली–१ बाट निर्वाचित राजपा सांसद रेशमलाल चौधरीको शपथ भएको छैन । बैठक बोलाइएको समयभन्दा २ घण्टा ढिलो भए प्रतिनिधिसभामा त्यो बैठक स्थगन भएको सूचना टाँसी अर्को बैठक बोलाउनुपर्छ भने राष्ट्रियसभामा १ घण्टाभन्दा ढिलो भए यो प्रक्रिया अपनाउनुपर्छ ।

    पहिलो संविधानसभामा बिहान बोलाइएको बैठक दिनभरि नबसी कतिपय अवस्थामा राति मात्र चल्ने गरेको थियो । कैलाली–१ बाट निर्वाचित राजपा सांसद रेशमलाल चौधरीको शपथ भएको छैन ।(नेपाल समाचारपत्रबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…