• ०५२ सालमा आफ्नो गाउं आफै बनाऊँ भन्ने सरकारको घोषणा जसरी देशब्यापी रुपमा सार्थक र प्रभाबकारी भएको थियो त्यस्तै उदाहरणीय नमुनायोग्य बिकासको थालनी काठमाडौको टोखानगरपालिका ६ मा भएको छ ।

    शिबमन्दिर परिसरदेखि संचार चोक हुदै नबोबुद्ध स्कुलसम्म सरकार र नगरपालिकाको थोरै सहयोग तर अत्यधिक जनसहभागितामा सडकको उदाहरणीय खालको कालोपत्रे सम्पन्न भएको छ । टोखा नगरपालिकाको वडा ५ मा पनि जनसहभागितामा महत्वपुर्ण कार्य भैरहेको छ ।
    सोही वडाको मनकामना मन्दिर नजिक गतबर्ष गरिएको कालोपत्रे एक महिनामै भत्किएको यसपटक टाल्दा पनि पुन भत्किएको एवं मनकामना मन्दिर तलतिरबाट ग्रान्डितिर जाने बाटोमा गरिएको कालोपत्रे पनि एक महिनामै उप्किएको कारण शिबमन्दिर परिषरका नागरिकहरुले आफै सहभागी भएर नमुनायोग्य सडक बनाएका छन ।

    पुर्ब सैनिक सेवा समाज नेपालको सयोजन एवं शिबमन्दिर परिषर टोल सुधार समितिको सहभागितामा निर्माण सम्पन्न भएको अबसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले जनसहभागितामा जुनखालको स्तरीय सडकको बाटो निर्माण भएको छ त्यसले सबैका लागि सकारात्मक सन्देश दिएको बताउनुभयो ।

    पारदर्शी ढंगले जनसहभागितामा भएको बिकास निर्माण अन्य बिकासप्रेमीलाई उदाहरणीय र नमुना हुने उल्लेख गर्दे उपप्रधानमन्त्री पोख्रेलले जनता आफै मिलेर गरेमा निकै राम्रो काम हुने रहेछ भन्ने कुरा देखिएको उल्लेख गर्नुभएको छ ।

    उहाँले राजनीतिमा प्रतिष्पर्धा बिकासमा एकता देखाउनुपर्छ भन्दै हरेक कामका लागि जनप्रतिनिधिले नेतृत्व गर्ने र जनसहभागिता भएमा काम पनि राम्रो र पारदर्शी हुन्छ भन्दै जनताले जनप्रतिधिलाई खबरदारी गरिरहनुपर्छ भन्नुभयो ।

    पुर्ब सैनिक सेबा समाजका अध्यक्ष मेघराज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखानगरपालिकाले २० वटा कानुन आफनै लागि बनाइसकेकोले अब नगरपालिका बिकासमा केन्द्रित हुने जानकारी दिनुभयो ।
    टोखानगरपालिका ६ का बडाध्यक्ष महेश्वर केसीले आगामी बर्षसम्म आफ्नो वडामा सडकमा कच्ची माटो नदेखिने बताउनुभयो ।

    टोखा नगरपालिका बडा ५ का बडाध्यक्ष जगनाथ ढकाल, धापासी बुद्धिजिबी समाजका अध्यक्ष एवं बरिष्ठ पत्रकार टंक पन्त, बाटो निर्माण समितिका अध्यक्ष प्रकाश बानिया, शिबमन्दिर टोलसुधार समितिका अध्यक्ष ध्रुबबन्धु अर्याललगायतले यस्तो कार्य देशकै लागि नमूना भएको बताउनुभयो ।

    सोही अवसरमा सडकको सम्पुर्ण बिबरण शिबमन्दिर परिषर टोल सुधार समितिलाई हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा स्थानीय बुद्धिजिबी, स्थानीय नागरिकले आगामी महिना देखि आफ्नो टोलको आफै सफा गर्ने र आफनो गाउको बिकास आफै गर्ने योजनाका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सो अभियानलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले र मेयर अधिकारीले आबश्यक सहयोग गर्ने बताउनुभएको छ ।(नेपाल समाचारपत्रबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…