• जाजरकोट;   भेरी नगरपालिका ३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् ।

    सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ  घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।



     

    गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग

    यसैगरी जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गर्नुभएको छ ।

    जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले उपचारका लागि व्यक्तिगत रकम उपलव्ध गराउनुभएको हो ।

    अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा साउन ३ गते घरमा सुतिरहेका एकै घरका तीन घाइते भएका थिए भने दुईको मृत्यु भएको थियो ।

    घाइते हर्कबहादुर बुढा र उनका दुई छोरा, छोरीलाई जीवन निर्वाह गर्न भन्दै व्यक्तिगतरूपमा रु २५ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष केसीले बताउनुभयो ।

    सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार संभव नभए थप उपचारका लागि गाउँपालिकाले बाहिर उपचार गराउन सहयोग गर्ने बताउनुभयो ।

    पीडितलाई जिल्ला दैविक प्रकोप समितिले  दुई लाख १६ हजार उपलब्ध गराइसकेको छ ।पहिरोमा परी ५५ वर्षीय ललि बुढा, उनका नातिनी नौँ वर्षीया सिर्जना बुढाको पहिरोले घर पुरिदा मृत्यु थियो ।

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…