•  

    अनिस तामाङ

    अगस्ट-०५

    रातो कलम सहकर्मी,यु.ए.इ

    नेपाली गीत संगीतको क्षेत्रमा सानै उमेर देखि जनवादी गीत गाउदै आएकी गायिका निर्मला घिसिङको ‘विदेशी गल्लिमा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । चिरण पुनको शब्द संगीत रहेको उक्त गीतको एरेन्ज भने आषिश अविरलको रहेको छ ।

    विशेषगरी आफ्नो प्यारो भूमि नेपाललाई छोडेर वैदेशिक रोजगारीको शिलशिलामा पराइ भूमिमा रहेका नेपालीहरुको भावनालाई मध्यनजर गर्दै यो गीत सार्वजनिक गरेको गायिका घिसिङ बताउँछिन् ।

    मकवानपुर जिल्लाको फापरबारीमा जन्मेकी घिसिङ दश वर्ष लामो जनयुद्धमा समेत प्रगतिशील गीतहरु गाएर जनतामा लोकप्रिय गायीकाको छवी बनाउन सफल गायिक हुन् ।

    एउटा काँधमा राईफल अनि अर्को काँधमा गितार बोक्दै कयौंपटक मृत्युुलाई नजिकबाट नियाल्दै यहाँ सम्म आइपुगेकी घिसिङले जनयुद्धको क्रममा ‘तिमी झन आगो बन्नु लक्ष्यमा नपुग्दै म ढल्छु भने, काँडाहरुको बिचमा हाँसेर फूल फुल्छन, पर्खि बसे फेरी भेट होला भनेर आयो खबर विरगति पायो भनेर जस्ता निक्कै मार्मिक गितहरु गाएकी थिइन् ।

    लगभग एक दशक देखि गीत संगीतको क्षेत्रमा निरन्तरता दिदै आएकी घिसिङले पछिल्लो चरण व्यवसायिक रुपमा सफल गीतहरु ‘होइ च्याङबाट होइ च्याङबा,कसले बनायो दाजै उडि जाने बस,आँधेरी छरेर जीवन आशा छरि उदाउछ, दिलमा यस्तो चोट दिएर गयो, शिरिरि हावा चल्यो, शैलुंगे च्याङबा’ लगायत तामाङ भाषामा ‘आमा ल ङ जामे,पक्काङ पेक्केङ तिला ताबा, डम्फूमि ह्राप्सी लगायत दर्जनौं गीतहरु गाएर नेपाली गीत संगीतलाई महत्त्वपूर्ण योगदान दिइसकेकी छिन् ।

    जनयुद्धले जन्माएकी कलाकार घिसिङ जनवादी गीत संगीतमा बलियो उपस्थिति जनाउँदै अाएकी गायिका घिसिङले अाधुनिक तथा सेलो गीतहरुमा स्वर दिँदै अाइरहेकी छन् ।

    भिडियो हेर्न तल दिएको लिङ्कमा क्लिक गर्नु होस।

    https://m.youtube.com/watch?v=6ENJFs-rslQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…