• जाजरकोटको सदरमुकाम खलंगामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । आइतबार बिहान गएको पहिरोले पुरेका एकै घरका ४ जनासहित ८ जनाको मृत्यु भएको हो ।
    भेरी नगरपालिका–३ ठाँटीबजारबाट पानीनाउला जाने बाटोमा रहेका गोपाल नेपाली र तीर्थराज बोहोराको घरमा पहिरो जाँदा १ जनालाई जीवितै उद्धार गरिएको छ १ जना अझैं बेपत्ता रहेका छन् ।

    मृत्यु हुनेमा भेरी नगरपालिका–६ गंगटियाका लालवहादुर लुहारकी श्रीमती शितली लुहार, उनका छोरीहरु रञ्जना लुहार, मनीषा लुहार र भगवती लुहारको मृत्यु भएको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

    त्यस्तै पहिरोमा परी मृत्यु हुनेमा कुशे गाउँपालिका–५ का नरेन्द्र परियार, दशरथ परियार, कुशे–६ का नवीन परियार र बारेकोट गाउँपालिकाका तीर्थ बोहोराकी छोरी नजम बोहोरा रहेका छन् ।
    –१ बेपत्ता, १ को जीवितै उद्धार
    –एकै घरका ४ जनाको मृत्यु
    –वर्षाका कारण उद्धार कार्य स्थगित
    –खेल्न गएकी बालिका घर फर्किन पाइनन्

    भेरी नगरपालिका–६ गंगटियाका लालबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । पहिरोमा परी कुशे गाउँपालिका–५ जाजरकोटका गोविन्द परिवार बेपत्ता भएको र उनको खोजी भइरहेको खतिवडाले बताउनुभयो ।

    जीवितै उद्धार गरिएका लालबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था सामान्य रहेको खतिवडाले बताउनुभयो ।

    यसैबीच पहिरो गएपछि लगातार पानी परिरहेकोले आज सोमबार बिहान ६ बजेसम्मका लागि उद्धार कार्य स्थगित गरिएको छ । अप्ठेरो ठाउँ र पानी परिरहेकाले उद्धारमा कठिनाइ भएकाले उद्धार कार्य स्थगित गरिएको खतिवडाले जानकारी दिनुभयो ।

    आइतबार बिहान ७ः३० बजे घटना भएलगत्तै बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटिरहेका थिए । पुरिएको घर पन्छाएर खोजी कार्य तीव्र वनाइने खतिवडाले बताउनुभएको छ । पहिरोले ठाँटीबजारका ६ घर जोखिममा परेका छन् ।

    यसैबीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा अविरल वर्षासँगै गएको पहिरोमा परी दुईवटा घर पूर्ण रुपमा क्षतिग्रस्त हुँदा एकै घरका ४ सहित ८ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ ।

    उहाँले मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।




    प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…