• भारतीय पक्षले फेरी नेपाली भूमिमा सडक निर्माण गर्न लागेको छ ।

    ७ नम्बर प्रदेश कञ्चनपुरको उत्तरी ऐतिहासिक नेपाली भूमिमा भारतीय पक्षले एकलौटी ढङगबाट सडक निर्माण गर्न लागेको हो ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमै पुग्ने गरि भारतीय पक्षले सडक विस्तार गर्न लागेपछि स्थानीयले त्यसको बिरोध गरेका छन् ।

    भारतीय पक्षले आफ्नै भूमि भएको दावि गर्दैै टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म झण्डै १३.५० मिटर सडक विस्तार गर्न लागेको स्थानीयले बताएका छन् ।

    भारतीय पक्षले आफ्नै भूमि भएको दावि गरेपनि नेपाली पक्षले बाँधको सिँटी अर्थात ३ नम्बर पिलरवारी नेपालकै भूमि भएको दावि गरेका छन् । टनकपुर बाँध निर्माणकै बेला सीमा नम्बर ३ पिलर हराएको थियो । सोही समयम देखि उक्त भूमि विवादित बन्दै आएको नेपाली पक्षको भनाई छ ।

    ब्रम्हदेबका स्थानीय श्याम सिह धामीले कालोपत्रे गर्नका लागि भारतीय पक्षले सडक चौडा गर्न लागेको बताए । उनका अनुसार साताअघि देखि भारतीय पक्षले जेसिजी लगाएर साँघुरो सडक फराकिलो गर्न लागेको छ ।

    भारतले टनकपुर बाँधको पुर्वतिरभागको फेदमै सडक फराकिलो गर्न लागेको छ । स्थानीयले सडक बनाएर थप नेपालीभूमी हडप्नका लागि नेपाली ब्रम्हदेब बजारको पश्चिमतिरको भाग छेउसम्मै सडक ल्याउन लागेको बताएका छन् ।

    ब्रम्हदेब बजारको कल्र्भटमा भारतीय पक्षले टिबिएम ३ टिबी डब्लु लेखेर निसाना लगाएका छन् । भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले भारतीय पक्षले एकलौटी ढङले नेपाली भूमिमा सडक विस्तार गरेको बताए ।

    उनका अनुसार सीमा पिल्लर नम्बर ३ देखि यता नेपाली भूमि भएपनि भारतीय पक्षले उक्त विवादित भूमि वरैसम्म सडक विस्तार गरेको छ ।

    कालोपत्रे गर्नका लागि भारतीय पक्षले यसरी एकलौटी ढङगबाट काम गरिरहेको छ ‘वडाध्यक्ष नाथले भने  मैले यस बारेमा भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकमा समेत कुरा उठाएको छु काम अझै रोकिएको छैन् ।

    उक्त सडकको आफुले स्थलगत अनुगमन गरेको बताउदै वडाध्यक्ष नाथले नेपाली पक्षको सहमतीबिनै एकलौटी ढङगबाट भारतीय पक्षबाट भईरहेको संरचना निर्माण रोक्न समेत माग गरेका छन् ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले सडक विस्तारका लागि नेपाली पक्षसंग कुनै सहमती नभएको बताए । प्रमुख जिल्ला अधिकारी खडकाले सीमा सुरक्षा बल मार्फत भारतीय पक्षलाई संयुक्त सीमा सर्वे टोली अनाउन्जेलसम्म काम रोक्न पत्रचार गरेको बताए ।

    भारतीय पक्षलाई काम रोक्न पत्रचार गरेपछि सडक निर्माणको काम नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खडकाको दावि छ । स्थानीयले भने नेपाली भूमि हडप्नका लागि भारतीय पक्षले एकलौटी दादागिरी हेपाह प्रवृती शैलीमा गरेको कामको बिरोध गर्दै रोक्न माग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…