• काठमाडौँ, साउन २१ । कोरिया जाने कामदारको स्वास्थ्य परिक्षण भदौ ४ गतेबाट शुरु हुने भएको छ ।

    सन् २०१९ को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट राजधानीका ४ वटा अस्पतालमा गरिने भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल–कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा स्वास्थ्य परिक्षण गरिने भएको हो ।

    मेडिकल पास भएकाहरुले भदौ ८ गतेबाट रोजगार भर्न पाउनेछन् । कोरियाले आवेदन फारम भरेकाहरुको नाम प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ र कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने इपिएस शाखाले जनाएको छ ।

    यो वर्ष ७ हजार ९९६ जना भाषा परीक्षा पास भएका छन् । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परिक्षा लिएको थियो ।

    कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका थिए । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका थिए । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…