• जनावरसँग सेक्स !

    जनावरसँग ‘सेक्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रूर व्यवहार’ ।

    अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ ।

    नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिंसाका जुन मुद्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मुद्दा निकै कम हुन्छन् । यो दण्डनीय अपराध हो ।

    एनसीबीआई रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । यसको उद्देश्य केबल शारीरिक सन्तुष्टि हो, यसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन ।

    एनसीबीआईका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ । दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता व्यक्ति ‘सेडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै एक प्रकारको दिमागी कुरा हो ।

    डा. रैनाको बिचारमा बेस्टिएलिटी मुख्य दुई कारणले हुन सक्छ । एक, यौन कुण्ठा र अर्को यौन कल्पना ।

    एक रिपोर्टका अनुसार कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको हर्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खतरनाक हुन सक्छ । रिपोर्टमा यस कुरामा पनि जोड दिइएको छ कि अक्सर यस प्रकारको मामिलालाई नजरअन्दाज गरिन्छ तर यस्तो गर्नु खतरनाक हुनसक्छ ।

    बेस्टिएलिटीका लागि धेरै पटक वातावरण पनि जिम्मेवार हुन्छ । धेरै पटक परिवारमा पनि सेक्सलाई लिएर यस प्रकारको माहोल बन्छ कि मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा सेक्सको चाहनामा मानिसहरुले जनावरलाई प्रयोग गर्दछन् ।

    के हो यसको उपचार ?

    डा. प्रवीणका अनुसार यस्ता समस्या समाधानका लागि अवर्सिव थेरापी दिइन्छ । तर आजभोलि यो चलनचल्तीमा छैन । यो थेरापीबाट व्यक्तिलाई यो महसुस गराइन्छ कि उ कुनै जनावरसँग छ । तर, उसलाई करेन्ट लगाइन्छ ताकि पछि यदि उसले यस्तो कुनै केही गर्‍यो भने पीडाको महसुस होस् र उ आफै टाढा रहोस् ।

    यद्यपि अब यो तरिका चलमा छैन । यस्ता व्यक्तिलाई अरु पनि केही उपचार छन् तर कुनै पनि उपाय प्रभावकारी छैनन् ।
    डा. प्रवीण मान्दछन् कि यस प्रकारका मामला निकै कम देखिन्छ । तर यसलाई केबल बिरामी मान्न सकिँदैन । उनी मान्दछन् कि यस्ता समस्यामा शक्ति प्रदान गर्ने र सही उपचार दिने दुवै सँगसँगै गरेमा मात्र फाइदा हुनसक्छ ।

    पशुसँग सेक्स गर्ने व्यक्ति को कस्ता ?

    ह्युमन एनिमल रोल प्लेयर्स- जसले जनावरका साथ कहिल्यै सेक्स गरेनन् तर सेक्सको इच्छा जागेपछि जनावरतर्फ आकर्षित हुन्छन् ।

    रोमान्टिक पशुप्रेमी- यस्ता व्यक्ति जनावरलाई पालेर राख्दछन् र साइको सेक्सुअलिटीतर्फ आकर्षित हुन थाल्दछन् । तर सेक्स गर्दैनन् ।

    असामान्य कल्पनाशील( यसमा यस्ता व्यक्तिहरु पर्दछन् जो पशु्हरुसँग सेक्सुअल इन्टरकोर्सको बारेमा सोच्दछन् तर त्यस्तो कहिल्यै गर्दैनन् ।

    पशुसँग कामवासना- यस्ता व्यक्ति पशुहरुलाई स्पर्श गर्दछन् । यी पशुहरुलाई अंगालो हाल्दछन् । उनीहरुले पशुहरुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् ।

    अतिउत्साही- यी पशुहरुको हरेक अंगलाई हेर्दछन् । धेरैपटक यिनीहरु कामुक नजरले हेर्दछन् । यहाँसम्मकी पशुहरुबीच हुने यौन गतिविधिको बेला अलि बढी नै सक्रिय हुन्छन् ।

    क्रुर कामुकता- यिनीहरुले पशुहरुलाई बलात्कार गर्दछन् र पीडा पनि दिन्छन् ।

    मौका परस्त- यिनीहरु यौन सम्बन्धको मामलामा सामान्य हुनछन् तर मौका मिल्नासाथ पशुहरुलाई पनि बाँकी राख्दैनन् ।
    नियमित पशुप्रेमी- यस्ता व्यक्ति पशुहरुसँग यौन सम्पर्क गर्न बढी रमाइलो मान्दछन् ।

    हिंस्रक- यिनीहरु सेक्सको बेला पशुहरुलाई पनि मार्दिन्छन् । यहाँसम्म कि मरिसकेपछि पनि उनीहरुले सेक्स गरिरहन्छन् ।

    एक्सक्लुसिभ पशुप्रेमी- यस्ता व्यक्तिहरु केबल पशुहरुसँग मात्र सेक्स गर्छन् ।

    बीबीसी हिन्दीबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…