• हरि कोइराला
    सुनवर्सी । कोही रुँदै, कोही सुक्सुकाउँदै । कोही एकापसमा कानेखुसी गर्दै । उपस्थित सबै जसो स्तब्ध देखिन्थे ।यो दृष्य हो – सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको घरको ।गाउँको आशलाग्दो एउटा युवक(सन्तोष विष्ट)को कोरिया छिरेको डेढ वर्ष नपुग्दै उतै सडक दुर्घटनामा परी मृत्यु भएपछि मोरङको सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा डुवेको छ ।
    सुन्दर भविष्य निर्माणको कल्पना गरेर बिबाह गरेको केही महिनामा बिदेश हानिएका २९ वर्षीय सन्तोष विष्टको गत जुलाई १२ मा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

    दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा उनको मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको स्थानीयले कोरियन दूतावासलाई उधृत गर्दै बताए । सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नुपर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

    यता मृत्यू भएको २५ दिन भइसक्दा पनि शव नआउँदा ६० वर्षीय वावु नरेन्द्रबहादुर विष्ट , ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र उनकी जीवन सङ्गीनी सरिता रोएर दिन बिताइरहनु भएको छ । शोकले उहाँहरूको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भन्नुभयो – १३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । आखाँभरि आँशु पार्दै उहाँ भन्नुभयो –शब ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ?
    सन्तोष दलाल मार्फत दुवईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाई छ । यसैबीच सुनवर्सी २ का वडाध्यक्ष प्रताप तामाङले सन्तोष विष्टको शव ल्याउन शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद रुपियाँ सहयोग गर्नुभएको छ ।
    उहाँले सहयोग गर्दै आफ्नो वडाको वासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैषियतले ब्यक्तिगत रुपमा नगद सहयोग गरेको बताउनु भयो । गाउँको आशलाग्दो युवाको असामयिक निधन प्रति दुख प्रकट गर्दै तामाङले भन्नुभयो – म उहाँहरूको साथमा छु । बोल्दा बोल्दै भक्कानिनु भएका तामाङले बीच मै मन्तब्य टुङ्ग्याउनु भएको थियो ।
    लाश ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सन्तोषको लाश ल्याउने खर्च र प्रशासनिक प्रक्रिया मिलाउन लागेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…