दीप लिम्बू/क्वालालम्पुर
श्रवण-२१
आदिबासी जनजाति महा सघ रास्ट्रीय समन्वय समिति मलेशियाले आफ्नो छैटौं बार्सिक उत्सब तथा २४ औ विश्व आदिबासी जनजाती दिवस एकै पटक मनाउने भएको छ।आयोजकका अनुसार क्वालालम्पुरको फाइभ एलिमेन्ट होटेलमा अगस्ट २६ तारिक बिहान ११ बजे कार्यक्रम लाई औपचारिक रुपमा उद्घाटन गरिने भएको हो।
बिस्वभरका आदिबासी जनजातिहरुको अस्थित्व र धार्मिक,भाषिक मौलिक पहिचान एबम हक अधिकारको मुद्दा लाइ सुनिस्चित गर्न राज्य समक्ष ध्यानाकर्षण गराउने अग्रणी भुमिका निर्बाह गर्दै आइरहेको यश सस्थाले प्रबासको हकमा भने नेपाली श्रमिकहरु लाई भइ परि आएको समस्याहरुमा सहयोग गरेर आफ्नो छुट्टै छवि कायम गरेको छ।
मलेसियामा रहेका विभिन्न जातिय,समाजिक संघसंस्थाहरुको हातेमालो एबम सहकार्यमा आयोजना हुन लागेको सो कार्यक्रममा आदिवासी जनजाती महासंघ मलेसियालाई विभिन्न क्षेत्रमा रहि योगदान दिरहेका विशिष्ट ब्यक्तित्व(श्रष्टाहरु)हरु लाई सम्मान गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष पिटि शेर्पाले जानकारी गराएका छन।