• देबु बानियाँ
    बुटवल । सिदार्थ जेसीज भैरहवालाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ जूलाइ २०१८ एरिया डि’ को अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
    सिदार्थ जेसीजले व्यक्तित्व र नेतृत्व विकास तथा सामाजिक र मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले उक्त घोषणा गरेको हो ।
    जूलाइ महिनामा सिदार्थ जेसीजले सम्पन्न गरेका विभिन्न कार्यक्रमलाई आधार मानेर नेपाल जेसीजले उत्कृष्ट शाखाको रुपमा अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
    सिदार्थ जेसीजले व्यक्तित्व र नेतृत्व विकास तथा सामाजिक र मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ जून २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेकोमा सिदार्थ जेसीजका अध्यक्ष कमल भण्डारीले शाखालाई थप हौसला र आगामी दिनका लागि काम गर्न थप उत्साहित बनाएको बताए ।

    अध्यक्ष भण्डारीले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, क्षेत्र ‘घ’ का निरुपित उपाध्यक्ष अशोक शंकर, निरुपित उपाध्यक्षलगायत नेपाल जेसीजका बोर्डका पदाधिकारीहरुप्रति आभार व्यक्त गरेका छन् ।.
    त्यस्तै उनले सिदार्थ जेसीजको यो उत्कृष्ट कार्यका लागि भूमिका निर्वाह गर्ने सन् २०१८ को बोर्ड, संयोजकहरु, सदस्यहरु, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, अन्य सहयोगी शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यकासाथ क्रियाशील रहन आग्रह गरेका छन् ।
    नेपाल जेसीजमा देशभर एक सय ४२ शाखा छन् भने क्षेत्र ‘घ’ मा ४४ वटा शाखा रहेका छन् । नेपाल जेसीजले हरेक महिना जेसीज शाखाहरुले सम्पन्न गर्ने कार्यसम्पादनको आधारमा उत्कृष्ट शाखा चयन गरी पुरस्कृत गर्दै आएको छ ।
    स्मरण रहोस यस शाखाले वर्ष २०१७ को ४४ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको हो । जुन अहिलेसम्मको इतिहासमा उत्कृष्ट महाधिवेशनको रुपमा हेरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…