इटहरी । इटहरी महिला जेसीजको ‘जेसीज सप्ताह’ मंगलवारबाट सुरु भएको छ ।
एक सातासम्म विभिन्न कार्यक्रमको तयारीका साथ मंगलवार लागु पदार्थ दुव्र्यसनी सम्बन्धि जनचेतना मूलक कार्यक्रमबाट जेसीज सप्ताहको सुरुवात गरिएको हो । जेसीज सप्ताहको उद्घाटन इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले गरेका थिए ।
सप्ताहको कार्यक्रम अन्तरगत बुधवार बिहान ७ बजेबाट रक्तदान, दिउँसो ४ बजे राम जानकी बृद्धा आश्रम इटहरीमा खाद्यन्न वितरण, २४ गते बिहिवार बृक्षारोपण, २५ गते शुक्रवार ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, २६ गते शनिवार निशुल्क स्वास्थ्य शिविर र २७ गते वकृत्तकला प्रसतियोगितासहित जेसीज सप्ताहको समापन गरिने शाखा अध्यक्ष मिनु न्यौपानेले बताइन् ।