• बुटवल । बुटवल महिला जेसिजको आयोजना तथा एबिसी न्युजको संयोजनमा तुल्सिपुर उच्च अदालत बुटवल इजलासका न्यायधिसहरु र नेपाल प्रहरीको संयुतm पहलमा बुटवल हिलपार्क परिसरमा सरसफाई गरिएको छ । बाताबरण सफा र स्वच्छ हुन सके मात्र नागरिक स्वस्थ हुनेछन् भन्ने अपेक्षाका साथ कार्यक्रमको आयोजना गरिएको हो । सरसफाई कार्यक्रममा बोल्दै बुटवल इजलासका प्रमुख माननिय रमेश पोख्रेलले सार्बजनिक जग्गामा फोहोर गर्नेलाई कारबाही गर्ने निती अबलम्बन गर्न सके सार्बजनिक स्थलहरु सफा सुन्दर हुन सक्ने बताउनुभयो ।
    त्यस्तै रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले सामाजिक भावनाको कार्यक्रममा नेपाल प्रहरीलाई समेत सहभागी गराएकोमा ख्शी ब्यतm गर्दै फोहरको स्थायी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । बाताबरणको सरसफाइसंगै सामाजिक भावनाको उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बुटवल महिला जेसिजका अध्यक्ष जेसी राधिका पोख्रेलले बताउनुभयो ।
    सरसफाई कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचन, अधिवक्ता कृण्ण भट्टराई, ए बि सी टेलिभिजनका प्रदेश ५ का व्युरो प्रमुख शरण कर्माचार्य, महिला जेसिजका सस्थापक अध्यक्ष रेखा कट्टेल लगायतले बोल्नुभएको थियो । बुटवल हिलपार्क परिसरमा दैनिक हजारौको संख्यामा आन्तरिक पर्यटक र बिहानी ब्ययामका लागी नागरिकहरु पुग्ने गरेका छन् । सरसफाई कार्यक्रममा प्रहरी, अदालतका न्यायधिसहरु, दंगा नियन्त्रणको टोली, महिला जेसीज लागायतका गरी करि ३०० जनाको सहभागी रहेको थियो ।

    जेसी शर्मिला रानाले जेसिज बाचन गरेर सुरु भएको कार्यक्रमको संचालन क्लबका महासचिव जेसी लक्ष्मी थापाले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…