• उर्लाबारी । मोरङ उर्लाबारी ९ आम्बारीस्थित सार्वजनिक माविलाई समाजसेवी श्रेष्ठले सहयोग गर्ने प्रतिपद्धता व्यक्त गर्नुभएको छ । आज उहाँले विद्यालयको अवोलोकन गर्दै विद्यालय व्यवस्थापन परिवारलाई विद्यालयको लागि अतिआवश्यक पूर्वाधारको लागि आफु सहयोग गर्न तत्पर रहेको बताउनुभयो । विद्यालयका अध्यक्ष कुरुराज आङबुहाङ र प्रधानाध्यापक टंक दुलालले विद्यालयको समस्याहरु अवगत गराउदैं उहाँले गर्ने सहयोगको लागि धन्यवाद प्रकट गर्नुभयो ।

    प्रधानाध्यापक दुलालले भन्नुभयो,हजुरले धेरै ठाउँमा समाजिक काम तथा सहयोग गर्नुभएको सुनेको देखेका छौ । हाम्रो विद्यालयलाई सम्झिदिएर आईदिनु भयो । यो भन्दा ठुलो खुसी हाम्रो लागि के नै हुन सक्छ र । श्रेष्ठलाई उहाँले विद्यालयमा भवन तथा स्टेज निर्माणको समस्या रहेको अवगत गराउनुभयो । श्रेष्ठले आफुले चाँडै नै सहयोग गर्ने बताउदैं विद्यालयको उन्नती प्रगतीको कामना गर्नुभयो । श्रेष्ठले कक्षा कोठमा गएर विद्यार्थीहरुलाई राम्रो पठन पाठन गर्न सुझाप दिनुभयो ।

    स्मरण रहोस सुन्दर श्रेष्ठले आफ्नो गाउँको विविध गतिविधीमा महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ । उहाँले प्रभात निमावीमा स्टेज निर्माण गर्दै घेराबारा र रंगरोगन समेत गरिदिनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…