किरात याक्थुङ चुम्लुङ नेवा, ताम्सालिङ्ग प्रदेश कार्य समितिको आयोजनामा, आदिबासी जनजातिहरुको बसाइ सराई र स्थानान्तरण, नेपालको आदिबासी आन्दोलनको सन्दर्भ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
किरात याक्थुङ चुम्लुङ नेवा, ताम्सालिङ्ग प्रदेश कार्य समितिका मुख्य सचिव प्रदिप योङ्र्हाङले औपचारिकरुपमा संचालनगरेको कार्यक्रममा, प्रमुख बक्ता त्रियुका सह-प्राध्यापक बाल कृष्ण माबोहाङ्ले बर्तमान अवस्थामा आदिवासी जनजाती माथी राज्यले गरेको विभेद र आदिवासी जनजातीको बर्तमान अवस्थाको बरेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै सहभागी बक्ताहरुले भने, सबै सोषण बाट मुक्ती पाउन एक भएर लड्नु सिबाय अरु बाटो नरहेको प्रष्ट पारे।
उक्त अन्तरक्रिया कार्यक्रम, चुम्लुङका अध्यक्ष योगराज वनेमको अध्यक्षतामा सम्पन्न भएको थियो।