• देबु बानियाँ
    विराटनगर । दुवही जेसीजलाई ‘जेसीज अफ द मन्थ जूलाइ २०१८ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
    दुवही जेसीजले सामाजिक र मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले बुधवार उक्त घोषणा गरेको हो ।
    जूलाइ महिनामा यस शाखाले गरेको कार्यक्रमलाई आधार मानेर नेपाल जेसीजले उत्कृष्ट शाखाको रुपमा अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
    नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ जून २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेकोमा दुवही जेसीजकी अध्यक्ष कञ्चना झा ठाकुरले यो अवार्डले आगामी दिनका लागि काम गर्न थप उत्साहित बनाएको बताए ।

    त्यस्तै उनले आफ्नो शाखालाई यो उत्कृष्टता प्रदान गर्नका लागि भूमिका निर्वाह गर्ने सन् २०१८ को बोर्ड, संयोजकहरु, सदस्यहरु, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, अन्य सहयोगी शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गरेकी छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…