• काठमाडौं, २४ साउन । काठमाडौंको काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने ११ वर्षीय निशान खड्कालाई अपहरण गरेर हत्या गर्ने अभियुक्तको खोजीमा प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।

    कोठाबाट पक्राउ परेका दुई जना अभियुक्त गोपाल तामाङ र अजय तामाङको इन्काउन्टरका नाममा प्रहरीले हत्या गरेका तथ्यहरु फेला पर्दै जान थालेका छन् ।

    बालक अपहरण गरेर हत्या गर्ने अभियुक्तलाई नक्कली मुठभेडका नाममा गरिएका इन्काउन्टरले एसएसपी धिरजप्रताप सिंहको कार्य क्षमतामाथि प्रश्न उब्जिएको छ ।

    निशानलाई अपहरण गरेपछि तामाङद्वयले रातको पौने ९ बजे बालककी आमा चमलीको मोबाइलमा ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपयौ तयार पार’ भनेपछि घटना सार्वजनिक भयो ।

    तत्कालै चमेलीले गुहार मागेपछि छिमेकीहरू जम्मा भएर प्रहरीलाई खबर गरे । रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् । गोपाल र अजयले निशानका हत्या गरेर खाल्डोमा रातिनै गाडेर सानोठिमीस्थित आफ्नो डेरामा राति १२ बजेमात्रै फर्किए ।

    त्यो जनाकारी उनीहरुले घरबेटीलाई गराएका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएकाले राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको छिमेकीहरू बताउँछन् ।

    बिहान ७ बजे नै प्रहरीले उनीहरूका कोठामा पुगेर ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी अजय र गोपाललाई पिट्यो ।

    गोपाल र अजयले प्रहरी समक्षा उनीहरूकै घरबेटीले ठिमीकै नगदेश्वरमा बनाइरहेको नयाँ घरको पछाडिपट्टि खाल्डो खनेर बालकको शव पुरेको बयान दिए ।

    त्यसपछि प्रहरीले त्यो ठाँउमा पुगेर खाडलबाट शव निकाल्यो । त्यतिन्जेलसम्म घरबाहिर जम्मा भएको भिडले देख्ने गरी आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्दै प्रहरीले विहानको ११ बजे गाडीमा लिएर गयो ।

    तर, अपत्यारिलो रुपमा दिउँसो १ बजे घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु भएको समाचार स्थानियले सुने ।

    प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान कमजार भएको छ । किनकि, अपहरण र हत्या गर्नको कारण बताएर बयान दिन सक्ने दुवै जना मारिएका छन् ।

    उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भएको छ । यसले अपहरणकारी खोज्ने कार्यको नेतृत्व गरेका एसएसपी सिंहको भूमिका शंकास्पद देखिएको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…