• इटहरी । नेपाली सुगम संगीतका चर्चित गायक तथा द भ्वाईस अफ नेपालका निर्णायक प्रमोद खरेलको आवाजमा रहेको एक निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    कोशी पुर्वको ईटहरी र मोरंगको बृन्दाबन गौशालाको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

    ‘पैले माया’ बोलको गीतलाई गीतकार सालिक ओली क्षेत्रीले लेखेका हुन् । गीतलाइ रमेश श्रेष्ठले संगीत गरेका हुन् भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् ।

    उक्त गीतको भिडियोमा रोहित घिमिरे, पुजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् । रोहितको अभिनयमा यो दोश्रो म्युजिक भिडियो हो भने बिनोद र पुजा यसै भिडियो मार्फत भिडियो मोडलिङ्गमा प्रवेश गरेका छन् ।

    गीतकार समेत रहेका रोहितले यसअघि प्रमोद खरेलको आवाजमा आफ्नै सब्द राखेर ‘संगै जिउने मर्ने कसम’ बोलको गीतको भिडियोमा समेत आफैले अभिनय गरेका थिए ।

    भिडियोलाई परिकला मिडिया प्रालिको प्रस्तुतिमा सुवास संकल्पले निर्देशन गरेका हुन । संकल्प मोफसल सुनसरीको ईटहरिमा बिगत लामो समयदेखि रंग मिडियाकर्मिका रुपमा कला र मनोरन्जन विधामा रहेर काम गरिरहेका छन् ।

    सार्बजनिक भिडियोको कन्सेप्ट उनैले तयार गरेका हुन् । भिडियोमा मार्टिना मेकअप स्टुडियो ईटहरिकि उर्वी श्रेष्ठले मेकअप गरेकी छिन भने सुमन तामांगले क्यामेरा तथा ड्रोन चलाएका छन् । भिडियोलाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् ।

    https://www.youtube.com/watch?v=vXN0MjjIGgA

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…