• काँकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईलाई बिहीबार विदाई गरिएको छ ।
    मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाले एक कार्यक्रमकाबिच विदाई गरेको हो ।
    इलाका प्रहरी कार्यालय काँकरभिट्टाको परिसरमा आयोजित विदाई समारोहमा नेकपा मेचीनगर इन्चार्ज देवकुमार राई, माइती नेपाल पूर्वाञ्चाल संयोजक गोविन्द घिमिरे, राप्रपा मेचीनगरका अध्यक्ष सुशिल आचार्य, इटाभट्टा बजार व्यवस्थापन समितिका अध्यक्ष बिनोद बानियाँलगायतले सर्वसाधारणहरुलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गरी सांगठानिक मुल उद्धेश्य प्राप्त गर्ने कार्यमा आफु र मातहतलाई प्रभावकारी रुपमा परिचालन गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए । उनलाई विभिन्न संघ संस्थाको् तर्फबाट मायाको चिनो र खदा अबिरले भव्य विदाइ गरिएको थियो । मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष बुद्धिनाथ पौडेलले कदर पत्रसहित खादा र माला पहिर्याएका थिए ।

    विदाई मन्तव्यमा डिएसपी भट्टराईले आफ्नो कार्यकालमा मेचीनगरबासीले पुर¥याएको साथ र सहयोग कहिले नविर्सने बताउँदै जहाँ भए पनि सधैँ मेचीनगरबासीलाई सम्झिरहने बताए । साथै उनले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा प्रहरीलाई नगद र गदासहित सम्मान गरेका थिए ।
    यसरी सम्मानित हुनेहरुमा इटाभट्टा बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद बानियाँ, होटल व्यवसायी काँकरभिट्टाका अध्यक्ष राम तामाङलगायत प्रहरी र स्थानीयलगायत छन् ।
    २०७४ भदौ ११ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाल्न आइपुग्नु भएका प्रहरी नायव उपरीक्षक भट्टराईको जिल्ला प्रहरी कार्यालय इलाम सरुवा भएको छ । अब इप्रका काँकरभिट्टाको नेतृत्व समहाल्न प्रहरी प्रधान कार्यालयबाट प्रहरी नायव उपरीक्षक महेश थापा आउदैछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…