इटहरी । इटहर महिला जेसीजको जेसीज सप्ताह अन्तरगत बुधवार एकै दिन दुई कार्यक्रम सम्पन्न भएका छन् ।
मंगलवारबाट सुरु भएको सप्ताहको दोस्रो दिन रक्तदान र खाद्यन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५१ प्रिन्ट रगत संकलन भएको थियो । शाखा अध्यक्ष मिनु न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस इटहरी सभापति
विमल शर्मा पौडेल रहनु भएको थियो ।
यसैगरी, रामजानकी मन्दिरमा रहेका बृद्धा आश्रममा खाद्यन्न तथा कपडा वितरण गरिएको थियो । शाखाले ३० हजार मुल्य बराबरको खाद्यन्न तथा कपडा आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई वितरण गरिएको महासचिव दुर्गा पौडेलले बताइन् थियो ।