इटहरी । इटहरी महिला जेसीजको जारी जेसीज सप्ताहको तेस्रो दिन बृक्षारोपण गरिएको छ ।
मंगलवारबाट सुरु भएको सप्ताहमा बिहिवार इटहरीस्थित हवाइचोकमा रहेको माया घर नेपालमा बृक्षारोपण गरिएको हो । बृक्षारोपणको उद्घाटन आश्रमकी अध्यक्ष राधिका दासजीले गरेकी थिइन् ।
उक्त स्थानमा जेसीजले रक्तचन्दन, रुद्राक्ष, बेल, स्वामी, सुपारीलगायतका १ सय विरुवा रोपिएको कार्यक्रम संयोजक अञ्जना विष्टले बताइन् ।
वृक्षारोपण कार्यक्रममा शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
शाखा अध्यक्ष मिनु न्पौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव दुर्गा पौडेलले गरेकी थिइन् ।