• काठमाडौँ । नेपाल जेसीजको बार्षिक कार्यक्रम अन्तरगत रहेको एरिया कन्फ्रेन्स अन्तरगत एरिया ‘सि’ को एरिया कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको छ ।
    साँखु जेसीजको आतिथ्यतामा आगामी भाद्र १५ र १६ गते काठमार्डौँको साँखुमा हुने कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको साँखु जेसीजका अध्यक्ष जेसी सविन श्रेष्ठले बताउनुभयो । उहाले यो कन्फ्रेन्सलाई ऐतिहासिक बनाउने लक्ष्यका साथ लागि परेको बताए ।
    सन २०१२ मा समेत एरिया कन्फ्रेन्स सम्पन्न गरेको यस शाखाले यो कन्फ्रेन्सलाई थप उत्साहका साथ सम्पन्न गर्न तल्लिन रहेको छ ।
    ३४ वटा शाखा रहेको यस एरियाको एरिया कन्फ्रेन्सका लागि क्षेत्र ग का शाखाहरुलाई निमन्त्रणा गर्ने, कार्यक्रमको कन्सेप्ट तयार गर्ने तथा विभिन्न समितिहरु निर्माण गरेर प्रचार प्रसारमा लागि परेको अध्यक्ष श्रेष्ठले बताए । शाखाका पूर्व अध्यक्ष रुपेशलाल श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उप समिति निर्माण गरिएको अध्यक्ष श्रेष्ठले रातो कलमलाई जानकारी दिए ।
    नेपालकै पौराणिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको काठमाडौँको साुँखमा रहेको यस शाखाले यो कन्फ्रेन्समा यस क्षेत्रको कला र संस्कृति झल्कने साँस्कृतिक झाँकी तथा नृत्यहरुसहित प्रभातफेरी गर्ने योजना बनाएको छ भने नेपाल जेसीजले अबलम्बन गरेका सबै कार्यक्रमहरुलाई सहज रुपमा सम्पन्न गर्ने तयारी गरेको छ ।
    ३४ शाखाका ३ सय ५० देखि ४ सय सम्म तथा बाहिरी शाखाकाट समेत सहभागि हुने यस कन्फ्रेन्सले एउटा इतिहास निर्माण गर्ने सम्मेलनका सम्मेलन निर्देशक जेसी रुपेशलाल श्रेष्ठले बताए । निर्देशक श्रेष्ठले एरिया ‘सि’ बाहेक अन्य शाखाबाट आउने अध्यक्षलाई निःशुल्क रजिस्ट्रेशन समेत भएको बताए । साथै कन्फ्रेन्समा भारतबाट जेसीजको ट्रेनर ल्याएर थप उत्साहित बनाउने बताए । कन्फ्रेन्समा शाखाले स्मारिका प्रकाशन गर्ने तयारी गरेको बताउँदै सम्मेलन निर्देशक श्रेष्ठले यसको समेत अन्तिम तयारी भएको बताए ।
    एरिया ‘सी’ निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी पदम विक्रम सिंहले यो कन्फ्रेन्सलाई फरक रुपमा सम्पन्न गरेर यहाँको पर्यटन विकाससँगै युवालाई उत्प्रेरणा जगाउने किसिमले सम्पन्न गर्न लागेको बताए । साथै उनले नेपाल जेसीजले हरेक कार्यक्रमलाई यो वर्ष फरक रुपमा सम्पन्न गर्दै आएकोले यसलाई निरन्तरता दिँदै यहाँबाट नयाँ सन्देश दिने् समेत बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…