• उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौं ९ र ११ गते हुने चुनाबी साधारण सभामा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बिनोद न्यौपाने ब्यापारीहरु माझ निक्कै लोकप्रिय उम्मेदवार रहेका छन् । लोकतान्त्रिक गठबन्धनका उनलाई यतिवेला बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।
    २०६० सालमा वाणिज्य संघको सदस्यता लिई २०६६ र २०६८ सालको कार्यसमिति सदस्य भईसक्नुभएका उनी २०६८ सालमा महासचिब भएर ब्यापारीहरुको हकहितका लागि सक्रिय रुपमा काम गरेको अनुभव छ । यस पटक बरिष्ठ उपाध्यक्ष पदमा जितेर अझै धेरै कामहरु गर्ने उनको चाहाना छ ।
    अनुभवी,सहयोगी र सामाजिक भावनाका न्यौपानेले उर्लाबारी जेसिजको २०१५ को अध्यक्ष पनि कुशलता पूर्वक निर्वाह गरेका थिए । उनले खगेन्द्र पद्मा रत्न न्यौपाने छात्रबृत्ति कोष बनाएर निरन्तर रुपमा कक्षा ११ र १२ कक्षाका गरिव,जेहेन्दार १० जना विद्यार्थीलाई निशुल्क पढ्ने व्यवस्था मिलाएका छन् । जसको कारण शिक्षासेवीको रुपमा पनि उनको परिचय बनेको छ ।
    गाउँ समाजको लागि केहि गरौं भन्ने भावाना बोकेका न्यौपानेको सामाजिक काम यतिमै सिमित छैन् । यि र यस्ता थुप्रै कामहरु गरिरहेका छन,जसको कारण सबैको मनमा अटाउन सफल भएका छन् ।
    उर्लाबारी बहुमुखी क्याम्पसलाई महत्वपूर्ण सहयोग पूर्याउदैं आएका न्यौपानेले हाल सो क्याम्पसको अक्षय कोष सम्बद्र्धन सदस्य पदमा रहेर काम गरिरहेका छन् ।

    यस्तै यस्तै सामाजिक काममा क्रियाशिल न्यौपाने व्यापारीहरुको मनमा जिताउनै पर्ने नाम भनेर बसेका छन् ।
    आम व्यापारीहरु बाणिज्य संघमा सामाजिक काम गर्ने,समाजमा योगदान पुर्याउनेहरु नै कार्यसमितिमा आउनुपर्छ भनिरहँदा न्यौपानेको नाम अग्रपन्तीमा नै आउछ । उर्लाबारीको हरेक सामाजिक काममा सहयोग पुर्याउदैं आएका न्यौपानेले नमुना वाल गृहमा खानेपानीको व्यवस्था मिलाउदैं आर्थिक सहयोग पनि गरेका छन् । उर्लाबारी दुर्गा देविस्थान मन्दिरको आजिवन सदस्य रहेका न्यौपानेले अतिथी सदन निर्माणमा पनि सहयोग पुर्याएका थिए । न्यौपाने भन्छन्, मानविय सेवा र विकास निर्माणका कामहरुमा आफ्नो क्षमताले भ्याए सम्म सहयोग गर्र्दै आएको छु ।

    न्यौपानेले बक्राहा आर्यघाट निर्माण,उर्लाबारीको वेद विद्या दुर्गा मन्दिरको भवन निर्माणमा पनि सहयोग गरेका थिए । उनको सहयोग स्थानीय स्तरमा मात्र नभएर अन्य ठाउँमा पनि सहयोग पुर्याएका छन् । रामनन्द सेवा पिठ चतरा धामलाई पनि उनले सहयोग गरेको पाइएको छ ।
    यतिधैरै कामहरु गरेर उदाहरण योग्य न्यौपानले सामाजिक कामलाई निरन्तरता दिन पनि आफ्नो वाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी रहेको बताउछन् । पुनः सामाजिक काममा लाग्ने प्रण गर्दछु । सामाजिक सेवा मानव जिवनको महत्वपूर्ण सेवा हो । चेतनशिल मानव भएर समाजको सेवा गर्नु नै परम कर्तव्य ठानेको छुँ,न्यौपानले भने ।
    उद्योगी, ब्यापारीको ब्यावसायिक हित, प्रवद्र्धन , समय समयमा तालिम, उद्योगी ब्यापारीको स्तरीकरण, बस्तुगत समिति निर्माण गर्ने आफुहरुको मुख्य एजेण्डा रहेको उनको भनाई छ । त्यति मात्र नभई अबको ३ वर्ष भित्र एउटा वीमा कोष तयार गर्ने । ताकि आगलागी हुँदा, मृत्यु हुँदा,अपांगता हुँदा, ब्यापारीले क्षतिपूर्ति पाउन सकुन । हामीले सडक पेटीका व्यापारीहरुलाई पनि सङ्गठित गर्ने कार्यक्रम बनाउनेछौ । सबै ब्यापारीको व्यवसायिक हितको कार्यक्रम सञ्चालन गर्नेछौ,उनले भने ।

    नगरपालिका र उद्योवाणिज्य संघको सहकार्यमो घोषणा गरेका धेरै महत्वपूर्ण काम समिति मार्फत हुने उनको भनाई छ । नगरका मुख्य चौकमा नगरपालिकाको ७५ प्रतिशत सहयोगमा सीसी टिभी जडान भएको बताउद थप ठाउँ बरगाछी,दुर्गापुरी,आईतवारे र मंगलवारेमा विस्तार गरिने उनले बताए । उर्लाबारीलाई उज्यालो शहर बनाउन नगरका मुख्य –मुख्य चौकमा सौर्य बत्ती जडानको कार्यक्रमलाई अझ बिस्तार गर्न उनको लक्ष्य छ ।

    उनका अनुसार ब्यापारीका मुख्य समस्या फर्म नबीकरण,पान र भ्याट नवीकरण,भाडामा दोहोरो मापदण्ड , बन्द हड्ताल, चन्दा आतङ्क र बेला बेलामा हुने अनुगमन हुन । अनुगमन गर्दा मापदण्ड विपरित ब्यापार भएको रहेछ भने हामीले सहानुभुति मात्र प्रकट गर्न सक्छा,उनले भने । तर अरु समस्या समाधानका लागि हामी सधैं ब्यापारी साथीहरूको साथ मै हुनेछौं । फर्म नबीकरण अब अनलाइनबाटै हुन थालेको बताउदैं उनी भन्छन्, घरभाडा,बन्द हड्ताल र चन्दा आतङ्क न्यूनीकरण गर्न हामी हाम्रो क्षमता र हैषियतले भ्याए सम्म पहल गर्छाैं ।

    हरेक वर्ष उत्कृष्ठ ब्यापारीलाई सम्मान र पुरस्कार प्रदान गर्ने र सडक किनारमा ब्यापार गर्ने व्यापारीहरूलाई पनि वाणिज्य संघको अपनत्व दिलाउने उनको थप एजेण्डा छ । भन्छन्, हामी उर्लावाशीको मन जित्ने कामहरु गरेर देखाउने छौ । आस्थाका आधारमा प्रतिस्पर्धा भएपनि विचार सफा,गहन सोच,धैर्यता र इमान्दारिता भएका हाम्रा टिमका व्यक्तित्वहरुलाई विजय गराउन हुन अनुरोध गर्दछु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…