• सुर्खेत । पछिल्लो समय बालबालिकादेखि युवा पुस्तामा जन्मदिन मनाउने लहर नै चलेको छ । साँझ परेपछि केक काट्ने र साथी भाइहरुसँग रमाइलो गर्ने चलन छ । साथै दिन भर नयाँ ठाउँ घुम्ने पनि रहर हुन्छ । तर, सुर्खेतका सञ्जिवमान शाक्यले भने आफ्नो ४३ औँ जन्मदिन भने फरक रुपमा मनाएका छन् ।
    शाक्यले आफ्नो जन्मदिनको अवसर पारेर जनचेतना प्राथमिक विदालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाएका छन् । जन्मदिनमा गर्ने अनावश्यक खर्चलाई कटौती गरेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । साथै उनले विद्यार्थीहरुलाई सरसफाईप्रति सचेत गराउने लक्ष्यका साथ डिटल हेण्ड ह्वास वितरण गरेका छन् । यसैगरी शाक्यले कक्षाकोठामा प्रयोग गर्ने गरी डस्विन वितरण गरेका थिए । उनले आफ्नो जन्मदिन विद्यार्थीहरुसँग मनाउन पाउँदा बेग्लै आनन्द महसुस भएको बताए । साथै विद्यार्थीहरुले समेत खुसीको अनुभूति गरेको बताए ।
    यो विद्यालय सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरबाट करिब ८ किलोमिटर दुरीमा रहेको छ । यो विद्यालयको शैक्षिक विकासका लागि आगामी दिनमा समेत सहयोग गर्ने सुर्खेत महिला जेसीजकी अध्यक्ष कृति गुभाजु शाक्यले बताइन् । ू‘हरेक राम्रो काम को सुरुवात आफै बाट गरौू’। शाक्यले भने–तपाईं हाम्रो सानो सानो सहयोगले थोरै जना को मात्र भएपनि सानो सानो आवश्यकता पूरा हुन सक्छ त्यसैले आफुले जेजति र जस्तो सकिन्छ सहयोग गर्ने बानी बसालौ सहयोगी हातहरु अघी बढाउनमा कन्जुस्याइँ नगरौ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…