• धुलावारी । मेचीनगर महिला जेसीजको बिहिवारबाट जेसीज सप्ताह सुरु भएको छ । हरेक वर्ष वार्षिक कार्यक्रमको रुपमा गर्दै आएको सप्ताह कार्यक्रम बिहिवार मेचीनगर–९ मा रहेको जेसीज गाउँमा मुढा बनाउने तालिको उद्घाटनसहित यो वर्षको जेसीज सप्ताह सुरु भएको हो । मुढा बनाउने तालिमको उद्घाटन मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले गरेका थिए ।
    २ वर्षदेखि जेसीज गाउँको अवधारणा अनुसार सञ्चालनमा आएको यस क्षेत्रका युवाहरुलाई रोजगारी मुलक बनाउने उदेश्यका साथ मुढा बनाउने तालिम आयोजना गरिएको हो ।
    यसैगरी, शाखाले मेचीनगर ९ मा रहेको सबोध साधना केन्द्र र मेचीनगर ७ मा रहेको समाज सेवा सुधार युवा संघ अपाङ समितिका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
    शाखा अधयक्ष सुनिता पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कविता शर्मा, निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, पूर्व अध्यक्ष टिका सुवेदी, उषा श्रेष्ठ, सबोध साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, समाज सेवा सुधार संघका अध्यक्ष धर्मराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।
    सप्ताह कार्यक्रम अन्तरगत शनिवार जेसीज गाउँमा स्वास्थ्य शिविर, आइतवार अन्तर विदालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…