• काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस(बिपी) सँग चाँडो एकता हुने बताएका छन् ।

    पार्टी निकट युवा शक्तिले शुक्रबार यहाँ आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट गरे।

    डा लोहनीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय उत्पादन, सन्तुलित वैदेशिक नीति, भ्रष्टाचारमुक्त समाज निर्माण (पृथ्वीपथ) तथा सबै जनताले दुई छाक खान पाउने बिपी कोइरालाको समाजवादको सिद्धान्त (बीपीपथ) का आधारमा एकीकृत नयाँ पार्टीलाई अगाडि बढाइने प्रष्ट पारे। मुलुकमा अहिले बलियो सरकार स्थापना भए पनि समाजमा हत्या, हिंसा र बलात्कारका घटना हुनाले शान्ति सुरक्षा कमजोर रहेको देखिएको बताउँदै उनले काला बजारीलाई दण्डित गर्न नसकेकाले जनता महंगीको मारमा परेकाले अविलम्ब प्रशासनिक सुशासन कायम गर्न माग गरे।

    पार्टीले यसअघि हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (बीपी) सँग एकीकरणका लागि सैद्धान्तिक रुपमा सहमति गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

    सो अवसरमा राप्रपाका प्रेम मगरका नेतृत्वमा राप्रपा र राप्रपा(प्रजातान्त्रिक) परित्याग गरी एक सय पाँच जना नेता तथा कार्यकर्ता एकीकृत राप्रपा(राष्ट्रवादी)मा प्रवेश गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…