• उर्लाबारी साउन २६ गते । सेन्ट्रल फेसन हव र अलराउण्ड डान्स सेन्टरको आयोजनामा शनिवार मिस उर्लाबारी सिजन टु को अडिसन सुरु भएको छ ।
    होटल सम्राटमा भएको पहिलो अडिसनमा ७ जना उर्लाबारीका किशोरीहरु छनौट गरिएको छ । उनीहरुको प्रतिभाका आधारमा जर्जहरु मिस पूर्वाञ्चलका कोरियोग्राफर प्रमिसा बर्जचार्य र भिजे तृष्णा रेग्मीले छनौट गरेका थिए ।

    उनीहरुलाई व्यक्तित्व विकासका प्रशिक्षण कार्यक्रममा सहभागी गराईनेछ ।
    दोस्रो अडिसन आगामि शनिवार हुने कार्यक्रम संयोजक जिवन चिमिरियाले बताए । मिस नेपालको गृह नगर रहेको उर्लाबारीका चेलीहरुलाई प्रतिभा पहिचान गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक चिमरियाले बताए ।

    उनका अनुसार बिजेताहरुले नगद ५० हजार,फस्ट रर्नअफले नगद ३० हजार र सेकेण्ड रर्नअफले नगद २० हजार सहित गिफ्ट ह्याम्पर,छात्रबृत्ति पाउनेछन् । मिस उर्लाबारीले मिस पूर्वाञ्चलमा स्वत भाग लिन पाउने प्रावधान बनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…