• हरिप्रसाद कोइराला

    उर्लाबारी,साउन २६ गते । मोरङको उर्लाबारीमा शनिबार भएको उर्लाबारी रन २०७५ को उपाधि पाँचथरका दीपक सुहाङले जित्नु भएको छ । निर्धारित दुरी २३ मिनेट ११ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नु भएको हो । उपाधिसँगै उहाँले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै सुनसरीका ललित थापा २५ मिनेट १५ मिनेटमा दूरी पार गर्दै दोस्रो हुनुभयो । उहाँले ७ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभयो । यसैगरी अछामका प्रविन कुमार बोहोरा २६ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो,उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा चौथो स्थान सुनसरीका हर्क लुक्गामले प्राप्त गर्नुभयो । उहाँले २६ मिनेट ५४ सेकेण्डमा दुरी प्राप्त गर्नुभयो ।

    यस्तै महिला तर्फको उपाधि संखुवासभाकी सिर्जना राईले प्राप्त गर्नुभयो । ७ दशमलव २ किलोमिटरको दूरी राईले ३४ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै १० हजार रुपियाँ प्राप्त गर्नुभयो । महिला तर्फ सुनसरीकी इन्द्रकला नेम्बाङ दोस्रो ,मोरङकी सङ्गीता तामाङ तेस्रो र सुनसरीकै सीमा तामाङ चौथो हुनुभयो ।नेम्बाङले ३५ मिनेट ५४ सेकेण्डमा,सङ्गीताले ३८ मिनेट २८ मिनेटमा र सीमाले ३९ मिनेट ३५ सेकेण्डका निर्धारित दुरी पार गर्नुभयो । यसैगरी भेट्रान तर्फ निर्मल राई प्रथम, राम तामाङ दोस्रो ,कालीबहादुर तामाङ तेस्रो हुनुभयो । उहाँहरू तीनै जना सुनसरीको धरानका हुनुहुन्छ । उर्लाबारी रन २०७५ मा भेट्रान तर्फको चौथो स्थान भने धरानका युवराज दाहालले जित्नुभयो ।

    भेट्रान तर्फ प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार ,तेस्रोलाई २ हजार र चौथोलाई १ हजार पुरस्कार प्रदान गरिएको थियो । सामूदायिक विकास मञ्च उर्लाबारीले विश्व युवा दिवसको उपलक्ष्यमा आयोजना गरेको उर्लाबारी रन २०७५ मा २ सय १ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिता सहभागि मध्ये १ सय ३ जनाले निर्धारित दुरी पार गरेका थिए । प्रतियोगिताका विजेता खेलाडीलाई उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पुरस्कार तथा उपाधि प्रदान गर्नुभयो । प्रतियोगितालाई मुक्तिनाथ बिकास बैंक, सिटि प्ले,पर्फेक्ट इन्टरप्राइजेज,दिनय ट्रेडर्स र ओजन पानीले सह प्रायोजन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…