• इटहरी । इटहरी महिला जेसीजको ‘जेसीज सप्ताह’ अन्तरगत छैटौँ कार्यक्रममा महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    शान्ति सृजना आधारभूत विद्यालयमा आयोजित शिविरमा १ सय ५ जना महिलाहरुले सेवा लिएका थिए । मानवताको सेवा नै सर्वाेतम कार्य भन्ने जेसीजको मुल नारालाई आत्मासाथ गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक उर्मिला गौतमले बताइन् ।
    शाखा अध्यक्ष मिनु न्यौपानेको सभापतित्व तथा इटहरी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रमेशकुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु अम्बिका श्रेष्ठ, भेषजा काफ्ले, गंगा पौडेल, उर्मिला कटुवाल, गंगा घिमिरे, सुशिला ढकाल, सुष्मा रिजाल, सञ्ज पौडेललगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन महासचिव दुर्गा पौडेलले गरेकी थिइन् । सप्ताह अन्तरगत आइतवार अन्तिम कार्यक्रम वक्तृत्वकला प्रतियोगिता रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…