• देबु बानियाँ सुनवल । रामनगर जेसीजले सुनवल नगरपालिका वडा नम्बर १३ मा रहेको शान्तिा वाटिकालाई वृक्षारोपण गरेको छ । ग्रीन रामनगर प्रोजेक्टको अवधारणा अनुसार रामनगर जेसीजले शनिवार वृक्षारोपण गरेको हो । सुनवल नगरपालिकालाई ग्रीन सिटी बनाउने उदेश्यले जेसीजले यो क्षेत्रमा वृक्षारोपण गरिएको छ । उक्त स्थानमा आँप, कटहर, लिचीलगायतका विरुवा रोपिएको थियो । प्रमुख आतिथि सुनवल नगरपालिकाका प्रमुख दधिराम अर्याल, सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यामलाल पाण्डे, शाखा अध्यक्ष भोजराज चापागाईलगायतले विरुवा रोपेर उद्घाटन गरेका थिए । उक्त स्थानमा रोपिएका विरुवा रामनगर जेसीजका खेलकुद संयोजक होमनाथ भण्डारी र कार्यक्रम संयोजक चन्द्रकला डुम्रेले सौजन्य गरेका थिए । उनीहरु सबैलाई शाखा अध्यक्ष भोजराज चापागाईले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…