• धुलावारी । मेचीनगर महिला जेसीजको ‘जेसीज सप्ताह’ अन्तरगत मेचीनगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘प्रगतीका लागि परिवारमा एकता’ विषयक प्रतियोगिताको उपाधी हिमालयन इङलिस एकाडेमीकी निशा पन्तले हात पारिन् । धुलावारीमा सम्पन्न प्रतियोगितामा सुर्याेदय बोडिङकी रोष्नी कार्की दोस्रो र कविशिरोमणी माविकी शुष्मा तामाङ तेस्रो भइन् । प्रतियोगितामा मेचीनगरमा १५ वटा विदालयका
    विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा शिक्षकहरु मिलनकुमार ढुङ्गाना, मिरा पोखरेल र नमुना निरौला रहेका थिए ।  यसैगरी सोही अवसरमा समगरमाथा आरोही झापाली युवा अनिष लुइँटेललाई सम्मान गरिएको थियो ।
    धुलावारी जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष पुनित वंकलको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष सुनिता पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजक चन्दा बुढाथोकी रहेकी थिइन् । शुकु तामाङले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन गिता ओझाले गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…