धुलावारी । मेचीनगर महिला जेसीजको ‘जेसीज सप्ताह’ अन्तरगत शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जेसीजले गाइनो, प्राथमिक स्वास्थ्य उपचार र दन्त शिविरको आयोजना गरेको थियो । यी ३ वटै विद्याका शिविरबाट २ सय भन्दा बढीले सेवा लिएको कार्यक्रमकी संयोजक शान्ता सिटौलाले बताइन् ।
शाखा अध्यक्ष सुनिता पनेरुको सभापतित्व तथा मेचीनगर नगरपालिका वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथि धुलावारी माविका प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेल रहेका थिए । पवित्रा विमलीले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव तुलसा दंगालले गरेकी थिइन् ।