• उर्लाबारी २६ साउन । पत्याउनु होस या नपत्याउनु होस । मोरङको उर्लाबारी–८दुर्गापुरीका ७८ वर्षीय देवीप्रसाद लामछिानेले पालेको कोरलीले दैनिक विहान बेलुका २/२ लिटर दूध दिइरहेको छ । लामिछानेले १ वर्ष यता नब्याएको कोरली दोएर दूध खाई रहेको बताउनु भयो ।

    ३ वर्ष उमेर पुगेको कोरली गाईले गत वर्षको असार देखि दूध दिन थालेको लामिछानेले बताउनु भयो ।लामिछानेका अनुसार घरकै माउबाट जन्मिएको कोरलीले ८ महिनाको हुँदै साँडे खोजेको थियो ।प्राविधिकलाई बोलाएर परामर्श लिँदा कलिलो उमेरमा साँडे नलगाउनु भनेपछि त्यतिबेला उहाँले साडे लगाउनु भएन । उहाँले भन्नुभयो–‘त्यसपछि १८ महिना सम्म कोरलीले साँडे खोजेन । पुन पशु स्वास्थ्य सहायक श्यामनन्द यादवसँग परामर्श लिँदा उहाँले केही औषधि दिनुभयो । त्यो औषधि खुवाएपछि गाई कम्लायो ।’लैनोगाई जस्तै गरी गाईको फाँचोमा दूध भरिएपछि फेरी यादवसँग परामर्श लिएँ । उनले अब गाई दोएर दूध खानुहोस भनेपछि हामीले गाई दूहुन थालेका हौं ।
    सुरुको पहिलो हप्ता बिगौती खायौं । त्यसपछि नियमित दूध दोएर खाइरहेका छौं । घाँस, खोले,कुँडोको ब्यवस्थापन हुँदा दैनिक ६ किलो सम्म दूध दोएको देबीप्रसादकी जहान नरमायाले बताउनु भयो ।
    यता वरिष्ट पशु चिकित्सक डाक्टर लेखराज दाहालले प्रत्येक १० लाख गाईमा एउटा कोरली नब्याइकन दूध दिने देखिने गरेको बताउनु भयो । खासगरी जर्सी र होलस्टेन जातका गाईले अप्राकृतिक ढङ्गले दूध दिने गरेको भारतमा पनि पाइएको छ । दूध आउने प्रक्रिया अप्राकृतिक भएपनि दूध भने प्राकृतिक नै हुने भएकोले अरु गाईकै सरह खान सकिने उहाँको भनाई छ । हर्मोनमा आएको परिवर्तनले दूध आएपनि पशु विज्ञानमा यस्तो घटना कमै हुने गरेको डाक्टर दाहालले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…