• २६ श्रावण २०७५, उर्लाबारी
    उर्लाबारी मोरङमा रहेको युवा जागरण नेपालको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष अर्जुन बास्तोलाको अध्यक्षतामा पूनः ९ सादसीय कार्य समिति पनि चयन गरिएको छ । नयाँ कार्य समितिमा क्रमशः उपाध्यक्ष कल्पना मिश्र, सचिवमा तिलक नेपाली, सहसचिवमा भीमराज अधिकारी, कोषाध्यक्षमा सपना तिवारी सदस्यहरुमा सुनिल धिमाल, ज्योती चौहान, रमेश श्रेष्ठ र दिलिप पोख्रेल सर्व सम्मतीले चयन भएका छन् । साधारण सभाले रन्जु पराजुलीको संयोजकत्वमा ३ सदसीय लेखा तथा सुपरी वेक्षण समिति पनि चयन गरेको छ । लेखा समिति सदस्यहरुमा पुजन भण्डारी, अनिल धिमाल रहेका छन् । २०६६ सालमा स्थापना भएर उर्लाबारीलाई मुख्य कार्य क्षेत्र बनाइ आसपासका नगर तथा गाउँपालिकामा समेत यो संस्थाले कार्यक्रमहरु गरिरहेको छ । हाल उर्लाबारी, पथरी शनिश्चरे, रतुवामाइ नगरपालिका तथा मिक्लाजुङ र केराबारी गाउँपालिका समेत युवाहरु समेटिएका छन् ।

    भोली १४ औँ अन्तराष्टिय युवा दिवसको अवसर पारेर आज नै युवा जागरणले आफ्नो साधारण सभा सम्पन्न गरेको हो । हाल संस्थामा सदस्य तथा आजिवन सदस्य गरेर जम्मा ८८ जना सदस्यहरु रहेका छन् । विशेष गरेर सामाजिक क्षेत्रमा कार्यक्रमहरु गर्ने यो संस्थाले युवा एकता र युवा ससक्तिकरणमा अगाडी बढ्ने गरेको छ । आगामी दिनमा १ नं. प्रदेशभरी नै आफ्नो कार्यक्षेत्र बनाउने र बालबालिका, युवा, वृद्ध, महिला तथा लक्षित वर्गका सम्पूर्ण क्षेत्रमा कार्यक्रम संचालन गर्ने योजना रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    प्रमुख अतिथिका रुपमा रहनुभएका प्रदेश सभा सदस्य कुल प्रसाद सम्वाले युवाको नयाँ जमात आएको र अव यो जमातले परिवर्तनमा मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अन्य संस्थाहरु एउटा परिवार भित्रका सदस्यहरुले मात्रै मिलेर खोल्ने पैसा कामउने दाउमा मात्रै लाग्ने तर यसमा ठुलो क्षेत्रबाट युवाको सहभागिता भएका कारण आफुले गर्नुपर्ने कुनैपनि सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
    विशिष्ट अतिथि उर्लाबारी नगर प्रमुख खड्ग फागोले आफुले नगरबाट गर्ने र नगरको अवस्था हेरेर सक्ने सहयोग गर्न आफु सदैव तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा जयधर्म आचार्य, रुद्र तामाङ तथा अन्य अतिहिरुले शुभकामना मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…