• युएई/अगस्ट-११

    नेपाल आदिबासी जनजाति महासंघ युएई र महासंघ मातहतका ११ ओटा जातीय संघ संस्थाहरुको संयुक्त आयोजनामा २४ औं विश्व आदिबासी जनजाति दिवस युएईको देराह दुबई स्थित कार्ल्टन टावरमा भव्यताका साथ सम्पन्न भएको छ।

    ‘पहिचान, प्रतिनिधित्व र स्वायत्तताका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मुल नाराको साथ दिवसलाई भव्यताका साथ मनाएको हो ।
    नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता युएईका लागि नेपाली राजदूत सागरप्रसाद फुयाल रहनु भएको थियो।

    त्यसैगरी एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज युएईको अध्यक्ष सिपि सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ युएईको पुर्व अध्यक्ष डेरराज तमु, तामाङ सेवा समाज युएईको अध्यक्ष महेश मोक्तान, आसा फाउन्डेन नेपालका सञ्चालिका आसा लामा लगायतले कार्यक्रममा आतिथ्यता ग्रहण गरेका थिए ।

    सामुहिक दिप प्रज्वलनसँगै राष्ट्रिय गानको साथमा उद्घाटन भएको उक्त कार्यक्रममा विभिन्न जातीय संघसंस्थाहरुले आ–आफ्नो जातिय भेषभुषा, झाँकी नृत्य, साँस्कृतिक नृत्य सहित आफ्नो समुदायको पहिचान झल्किने गरि विभिन्न कलाहरु देखाएको थिए ।
    कार्यक्रमको अवसरमा विभिन्न जातिय संस्थामा रहेर समुदायलाई महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरेको थियो।

    विशेष सम्मान नेफिन युएईका डिजाइनर प्रदिप कुमाल, फोनिज युएईका अध्यक्ष अनिस तामाङ, नेफिन बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ गरेको थियो भने युएइमा रहेर लामो समय देखि आदिवासी आन्दोलनमा सक्रिय रहेका नेपाल आदिवासी जनजाति महासंघ युएइका निवर्तवान अध्यक्ष एबम संरक्षक डि आर गुरुङलाई ताम्रापत्र सहित सम्मान गरिएको हो।

    कार्यक्रमको अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को युएई शाखा समेत गठन भएको छ । अनिस तामाङको अध्यक्षतामा ९ जना कार्यसमितिमा रहने गरि फोनिज युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएई भुवन थापा मगरको अध्यक्षतामा ११ सदस्यीय रहेको कार्यसमितिको घोषणासंगै निर्बाचित भएको प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमको समापन भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…