• उर्लाबारी, २७ साउन । नेपाली कांग्रेसका क्षेत्रीय सभापति एबम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीहरुको महत्वपूूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ उर्लाबारी बहूमुखी क्याम्पस एकाईको अधिवेशनलाई आज सम्बोधन गर्दै फागोले सो कुरा बताउनुभएको हो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेविसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै फागोले नेविसंघलाई आफ्नो झण्डाको परिधिभित्र रहेर काम गर्न निर्देशन दिनुभयो । नेविसंघको आन्दोलन दलगत स्वार्थका लागि नभई राष्ट्रिय हितमा हुनुपर्ने उहाँले बताउनुभयो । सर्वहारा वर्गको राजनीति गर्ने कम्युनिष्ट सरकारको मानसिकता दलगत स्वार्थमा केन्द्रीत रहेको उहाँको आरोप छ । पुँजीपतीको पार्टी भनेर आरोप लागेको कांग्रेस गरीबको पुँजी निर्माण गरेर धनी बनाउने पार्टी भएको उहाँको दाबी छ । गरीब जनताको पुँजी बृद्धि गरी धनी बनाएर कांग्रेसले नेपाललाई सिँगापुर र स्वीट्जरल्याण्ड जस्ता सम्पन्न मुलुक बनाउन चाहेको फागोको भनाई छ ।

    नेपाल विद्यार्थी संघ उर्लाबारी बहूमुखी क्याम्पस एकाईको सभापतिमा सुजित




    अधिवेशनले सुुजित जश्वालको सभापतित्वमा नयाँ एकाई समिति गठन गरेको छ । जसको तीनजना उपसभापतिमा भुपेन्द्र काफ्ले, अस्मिता ढकाल र रोमन थापा रहनुभएको छ । एकाई समितिको सचिवमा योगेश छिनाल, सहसचिवमा आशिष ढकाल र कोषाध्यक्षमा सम्झना खड्का रहनुभएको छ । एकाई समितिको सदस्यहरुमा नरबहादुर मगर, नविन भण्डारी, स्नेहा भट्टराई, मालती तामाङ, सृजना लिम्बु, तिलक पौडेल, सन्तोष श्रेष्ठ, अमिस खत्री, राजकुमार खड्का, गुणराज थापा, प्रिया कटवाल, तिर्थकुमारी लिम्बु, विदेश शिवा, निगम खनाल, सालु अधिकारी, रक्षा भण्डारी, सन्ध्या थापा, प्रिया धिमाल, सन्देश थपलिया, रञ्जना पाण्डे, अनिश ढकाल, रश्मी भट्ट, रन्जन धिमाल, समिक्षा तिम्सिना, खगेन्द्र कार्की, प्रकाश धिमाल, सरिता बस्नेत, अनिशा पौडेल, झुमा पाण्डे, तारा बस्नेत, निरुता घिमिरे, सविन आचार्य, रेखा खड्का, पुनम घिमिरे, विनिता श्रेष्ठ, तिलक शर्मा कट्टेल, अभिषेक नेपाल, सरोज पौडेल, निता घिमिरे, सन्दीप खत्री, सिम्रन दास, सागर श्रेष्ठ, सविन भट्टराई र अर्जुन बस्नेत रहनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…