• देबु बानियाँ
    सुरुङ्गा । नेपाल जेसीजको बार्षिक कार्यक्रम क्षेत्र सम्मेलन अन्तरगत क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।
    सुरुङ्गा जेसीजको आतिथ्यतामा यहि भदौ २२ र २३ गते हुने क्षेत्रीय सम्मेलनको तयारीका लागि आतिथ्यता गरेको शाखा सुरुङ्गा जेसीजले तीब्र गतिमा काम गरिरहेको छ ।
    गत वर्ष तरहरा जेसीजले गरेको क्षेत्रीय सम्मेलनमा वर्ष २०१८ को क्षेत्रीय सम्मेलन सुरुङ्गा जेसीजले गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार यस वर्षको क्षेत्रीय सम्मेलन सम्पन्न गर्नका लागि यो शाखा अहोरात्र रुपमा काम गरिरहेको छ ।
    क्षेत्रीय सम्मेलन सम्पन्न गर्नका लागि शाखाले वर्ष २०१० का अध्यक्ष कुमारमणी पोखरेलको निर्देशकमा ११ सदस्य मूल आयोजक कमिटि गठन गरेको थियो । जुन समितिले अन्य ९ वटा विभिन्न उपसमिति गठन गरेको छ । मुल कमिटि तथा उप समितिले आ आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।
    कन्काई उद्योग वाणिजय संघको सभाहल हुने सम्मेलनमा मुख्य वक्ताका रुपमा प्राध्यापक डाक्टर सुरेन्द्र केसी, राजनितिक विश्लेषक पुरञ्जन आचार्य र साहित्यकार उज्जवल प्रसाई रहेका सम्मेलनका डाइरेक्टर कुमार पोखरेलले बताए । उनका अनुसार कार्यक्रमको प्रमुख अतिथि केही दिन भित्र समितिको बैठकले निर्णय गर्नेछ ।
    हालसम्म सम्मेलनका बारेमा औपचारिक रुपमा नेपाल जेसीजलाई जानकारी गराइसकिएको छ । यसैगरी क्षेत्र ‘क’ अन्तरगत रहेका कोसी पारीका शाखाहरुलाई निमन्त्रणा गरिसकिएको र केही दिन भित्रमा कोसी पूर्वका शाखाहरुको शाखा भ्रमण गइ निमन्त्रणा गर्ने निर्देशक पोखरेलले जानकारी दिए ।
    यसैगरी, सम्मेलनको रजिष्ट्रेशन २÷३ दिन भित्रदेखि सुरु गर्ने र शाखाहरुको सहजताका लागि सम्बन्धित शाखालाई इमेलमा रजिष्ट्रेशनको गर्नका लागि मेल गर्ने तयारी गरेको उनले बताए । सम्मेलनमा सम्मेलन स्मारिका प्रकाशन गर्ने तयारी गरिएको छ । जसको काम पसिन अन्तिम चरणमा पुगेको छ ।
    यस क्षेत्रमा रहेका ३७ वटा शाखाका सदस्य तथा अन्य शाखाका सदस्य गरेर ६ सय ५० देखी ७ सयसम्म जेसीजकर्मीहरुको यस सम्मेलनमा सहभागि हुने अनुमान गरिएको शाखा अध्यक्ष भीम भट्टराईले बताए ।
    सम्मेलनमा आउने जेसीजकर्मीहरुलाई पहिले झापाको पर्यटकीय तथगा धार्मिक स्थलहरु कोटीहोम, जामुखाडी सिमसार र धनुसकोटी धामको भ्रमण गराइने अध्यक्ष भट्टराईले जानकारी दिए ।
    ‘हामी फरक र ऐतिहासिक सम्मेलन गर्ने तयारीमा छौँ’ अध्यक्ष भट्टराईले भने–‘अहिलेसम्म भएका सम्मेलन भन्दा फरक र केही नयाँ अनुभव लिएर जानु हुनेछ । यसका लागि सानो भन्दा सानो विषयलाई पनि हामीले गहन रुपमा छलफल गरेका छौँ । यसका लागि हरेक दिन बिहान ७ बजे हाम्रो सम्मेलनको तयारीका बारेमा बैठक हुने गरेको छ । विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, जेसीजकर्मी तथा यस समाजमा रहेका हरेक व्यक्तिहरुसँग छलफल गरेका छौँ । सुरुङ्गाले केही नयाँ गरेर देखाउने छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…