• कविता


    आज त्यही पाठ सिक्दैछु
    बर्सौ बर्ष भयो
    म मात्र होइन दुनियाँको नियम
    नेपथ्यमा बसेर अनि
    गुफा भित्र लुकेर

    बिस्वको मुक्तिका लागि भएको ठूलो ठूलो
    क्रान्तिको कुरा गर्छु
    नेल्सन मन्डेला च्वे ग्वेभारा माओको कुरा गर्छु
    सैद्धान्तिक बादहरुको कुरा गर्छु
    कुरा मात्र नभएर विश्लेषण पनि गर्छु
    तर
    म धेरै कुरा जान्दिन पनि
    धेरै पुस्तक पढ्न म ठाडिन्छु
    धेरै कुरा पन्छाउछु
    पन्छ्याउदा पन्छ्याउदै
    आखिर म
    पन्छ्याएरै छोड्छु
    त्यही आधारभुत कुराहरु
    अनि मलाई महसुस हुन्छ
    केहिछिन छुट्टै संसारको र
    केही छिनपछी परिवर्तित संसारको

    थाहा पाउछु
    अब मात्र मेरो न्वारान हुदैछ
    म सपना पाउछु
    बिशाल
    बिशाल
    विशाल
    सडक भित्रको एउटा आन्दोलनको
    आन्दोलनभित्रको जिन्दावाद र्मुर्दाबादका
    अदृश्य तस्वीर देख्छु
    ती तस्वीरमा मेरो जिन्दावादका तस्वीर
    मधुरो भेट्टाएको पाउछु
    अरु केहिले होइन
    मेरै ती नजन्मिएका हातहरुले
    अब मात्र म जन्मिने कोशिस गर्छु
    त्यसैले म
    मानवमा अर्थहिन छु
    जन्मको म विस्लेषण गर्छु
    म र महरु धेरै जन्मे
    तर..........
    जन्मेका छैनन
    मात्री भुमिले जन्माएर पनि
    जन्माएको छैन
    म पनि एक नजन्मिएकी सपूत हु।
    कमला भट्टराई

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…