देबु बानियाँ
इटहरी । इटहरी महिला जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । आइतवार जेसीजको सचिवालयमा सम्पन्न क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न भएको हो ।
वक्तृत्वकला प्रतियोगिताको उपाधि कस्तुरी क्याम्पस इटहरीका सफल पोखरेलले हात पारे । उनले नगद १ं५ सय सहित प्रमाण पत्र, शिल्ड र मायाको चिनो प्राप्त गरे ।
जनता बहुमुखी क्याम्पसका रविन काफ्लेले दोस्रो स्थान हासिल गर्दै नगद १ हजार प्रमाण पत्र, शिल्ड र मायाको चिनो प्राप्त गरे । यसैगरी, प्रतियोगितामा तेस्रो कस्तुरी क्याम्पस र तेस्रो कोशी क्याम्पस भएका थिए ।प्रतियोगिताको निर्णायकहरु किशोर भण्डारी, मदनराज बराल, टिका आत्रेय रहेका थिए ।
इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष मिनु न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि इटहरी उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष सैलेश विष्ट, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अमिश ढकाल, शाखाका संस्थापक अध्यक्ष मिना भण्डारी, निवर्तमान अध्यक्ष रश्मि निरौला, पूर्व अध्यक्षहरु बालिका भट्टराई, अम्बिका श्रेष्ठ, गंगा पौडेल, उर्मिला कटुवाल, गंगा घिमिरे, सुशिला ढकाल, सुष्मा रिजाल, सञ्जु पौडेल, मातृ शाखा इटहरी जेसीजका अध्यक्ष सोम गौतम, आस्था फाउण्डेशनका अध्यक्ष चन्द्र बरालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम मूल संयोजक रोश्ना थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव दुर्गा पौडेलले गरेकी थिइन् ।
शाखाले जेसीज सप्ताह अन्तरगत स्वास्थ्य शिविर, वृक्षारोण, शैक्षिक समाग्री वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमकी मुल संयोजक सिता रसाइलीले बताइन् ।