• पहिचान संरक्षण र आदिवासी अधिकार प्राप्तिको लागि युवा पुस्ताको भूमिका विषयक अन्तरक्रिया
    कार्यक्रम सम्पन्न ।

    विश्व युवा दिवसको अवशरमा याकथुङ युवा मंच केन्द्रिय कार्यसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    याक्थुङ युवा मंचका केन्द्रिय कार्यसमितिका महासचिव सुसन चोङबाङले औपचारिकरुपमा संचालनगरेको कार्यक्रममा प्रमुख अतिथि,
    संयुक्त राष्ट्र संघ आदिवासी मामिलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले आदिवासी जनजाति
    युवाहरुको भूमिकाबारे समीक्षात्मक मन्तब्य राखेको थिए ।

    प्रमुख बक्ताको रुपमा बोल्दै आदिवासी जनजाति अभियन्ता नन्द कन्दङ्वाले पहिचान संरक्षणको निम्ति युवाहरु सँगठीत भएर लाग्नु पर्नेमा जोड दिए ।

    कार्यक्रममा आदिवासी बिदेस बिभागका सचिब मुलिवा नाछिरिङ,याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लगायतले आफ्नो मन्तब्य राखेका थिए।

    उक्त अन्तरक्रिया कार्यक्रम मन्चका केन्द्रिय अध्यक्ष भुपेन्द्र खुदाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…