• उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको महासचिव पदका उम्मेदवार हेमराज गुरुङलाई व्यापारीहरुले निक्कै रुचाएका छन् ।
    व्यापार व्यवसायसँगै सामाजिक काममा पनि क्रियाशिल हेमराज जव बजारमा भोट माग्न जान्छन्,तव व्यापारीहरु हेमराज जि तपाईलाई हामी चिन्छौ निक्कै सामाजिक कामहरु गरिरहनुभएको भोट मागिरहनु पर्दैन् । हामीले तपाईलाई भोट दिएर विजयी गराउछौं ।
    इमान्दारी,पारदर्शी र समाजको हितका लागि सामाजिक काममा दिलो ज्यान दिने हेमराजको जित नै सम्पूर्ण व्यवसायीहरुको जित हो, हेमराजलाई नजिकबाट चिन्ने जान्नेहरु यस्तै भन्छन् ।

    हेमराज उज्यालो अभियान राजघाटका अध्यक्ष पनि हुन् । उनको नेतृत्वमा बजारको सुरक्षाको लागि दुर्गापुरी बजारभरि सडकबत्ति जडान गरिएको थियो । जुन बत्तिले आज सम्म पनि बजार उज्यालो भएका छन् । समाजका दिनदुखी असाहय र बिबिध गतिविधीमा महत्वपूर्ण सहयोग गर्दै आएका हेमराज पार्टी भन्दा माथि छन् । न्यानो अभियान नेपालको सामाजिक काममा उनले बार्षिक रुपमा सहयोग गर्दै आएका छन् । जाडोको समयमा उनी दिनदुखीको लागि न्यानो कपडा बाडेर सहयोग गर्न केन्द्रीत हुन्छन् । राम्रा कामका लागि हेमराज घरमा आउनेहरु खाली हात फर्कनु परेको छैन् ।

    शासन, भाषण र आसनका लागि पद चाहिएको होइन । उनले थपे–उद्योगी ब्यापारीको ब्यापारिक सुरक्षा र अधिकार स्थापना मेरो अर्जुन दृष्टि हो । सबैले यही कुरा भन्छन नि भन्ने जिज्ञाषामा उनले हाँस्दै भने– म सँग नयाँ कुरा पनि छ । त्यो हो, ब्यापारीको पसल, उद्योग र कारखानाको बीमाको ब्यवस्था गर्ने । हामी आज सम्म पनि बीमा बारे चासो राख्दैनौं । लाखौं लगानी ग¥यो । कहिले बाढीले दुख दिन्छ , कहिले आगलागी हुन्छ, कहिले चोरिन्छ , कहिले लुटिन्छ । कम्तीमा एउटा बीमा कोष तयार गरेर ब्यापारीको ७० प्रतिशत र वाणिज्य सङ्घको ३० प्रतिशत लगानी गरी साझेदारीम बीमा गर्न सकिन्छ ।



    गुरूङ २०४५ सालदेखि उर्लाबारीमा बसोबास गर्दै आएका छन् । २०६६ सालदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका गुरुङ सोही समयदेखि उर्लाबारी उद्योग वाणिज्य संघमा आवद्ध भए । जुझारू, उर्जाशील, समाजसेवी युवा व्यवसायी गुरूङ भन्छन्,सामाजिक काम गर्ने बानी परेको र संघमा रहेर आमूल परिवर्तन गर्ने अद्भुत चाहना जागेपछि यसपटक महासचिव पदमा उम्मेद्वार बनेको हुँ । मान्छेलाई सामाजिक प्रतिष्ठाको पनि आवश्यकता पर्दाे रहेछ । यो ठाउँमा बसेर काम गर्दा समाजमा केही योगदान गर्न सकिन्छ की भन्ने मेरो अभिलाषा हो ।

    म विगत १० बर्षदेखि व्यापार व्यवसायमा संलग्न हेमराजले । प्रारम्भमा उर्लाबारी–७ (तत्कालीन उर्लाबारी–४) मा पहिलो पटक मोवाइल पसल सञ्चालन गरेँ । अहिले उर्लाबारी–९ दुर्गापुरीमा तमु सुनचाँदी पसल सञ्चालन गर्दै आएका छन् ।
    धेरै संघसंस्थामा आवद्ध हेमराज मठ मन्दिर, सहकारीलगायतमा आवद्ध छन् । समाजका विभिन्न क्षेत्र, रोगबाट पीडित, बाढी पीडित, विपद प्रभावितलाई सहयोग गरेको छु । उर्लाबारी जेसीज लगायतका संस्थामा पनि आवद्ध रहेको छु,हेमराजले भने ।

    यस्ता छन हेमराजका एजेण्डा
    योजनाहरु धेरै छन् । मेरो मात्र होइन, हाम्रो टिमले नै सामुहिक प्रतिबद्धता सार्वजनिक गरेका छौं । जसमा कोषतर्फ संघको मृतक राहत कोषलाई २५ हजार बनाउने, प्राकृतिक प्रकोप कोषलाई प्रकोपको प्रकृति अनुसार २० हजारदेखि ५० हजारसम्म प्रदान गर्ने, संघमा आवद्ध व्यवसायीहरुले संघको हल प्रयोग गर्दा २५ प्रतिशत छुटको व्यवस्था गर्ने हाम्रो योजना छ ।
    यस्तै, मिस म्याच, लेखा र अन्य कर सम्बन्धी सहयोगका लागि संघको तर्फबाट चार्टर एकाउण्टेन्ट नियुक्त गर्ने, उर्लाबारीमा आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र स्थापनाको पहल गर्ने, कृषि, उद्योग तथा व्यापारीलाई लगाइएको स्थानीय कर घटाउन पहल गर्ने, घर भाडालाई वैज्ञानिकरण गरी घर बहाल कर घरधनीले तिर्ने व्यवस्था गर्ने, महिला उद्यमी तथा व्यवसायीलाई सदस्यता शुल्क र नवीकरण शुल्कमा २५ प्रतिशत छुट गर्ने एजेण्डा हामीले लिएका छौं । अर्काे कुरा दुर्गापुरीलाई उज्यालो बनाउँदाको अनुभव उर्लाबारीका अन्य क्षेत्रमा पनि ‘सेयर’ गर्न चाहन्छु । उर्लाबारीका विभिन्न स्थानमा सडक बत्ती र सीसी क्यामेरा राख्ने योजना छ । राति १० बजेसम्म बजार खुल्ने वातावरण बनाई चन्दा चिठ्ठालाई निरुत्साहित गर्ने योजना त छँदैछन् । कृषि, पर्यटन, उद्योग, व्यापारलगायतको विकासमा पनि धेरै योजना हाम्रो टिमले अघि सारेको छ ।
    यस्तै, संघको लेखा प्रणालीलाई सफ्टवेयरमा विकास गर्ने, व्यवसायीहरुलाई आवश्यकता अनुसार कर तथा विभिन्न विषयमा विशेषज्ञबाट तालिमको व्यवस्था गर्ने, अव्यवस्थित बजार र पार्किङलाई स्थानीय तहसँग समन्वय गरी व्यवस्थित गर्ने प्रतिबद्धता रहेको छ ।

    हेमराज स्वार्थका लागि होइन, सेवाका लागि संघमा जाने हो भन्छन् । व्यापारीको हकहितका लागि मैले व्यक्तिगत रुपमा आफ्नै खर्चमा धेरै काम गरेको छु । कतिपय कामहरु भएका छन् । यसपटक भने अधुरा कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउन लागि पर्ने उनको भनाई छ ।

    यस कारण मलाई भोट
    हामीले यो गर्छाै भनेर प्रतिबद्धता सार्वजनिक गरेका छौं । त्यो पुरा गर्न पनि मलाई मतदान गर्ने हो । यस्तै, जेसीज मार्फत नेतृत्व विकास गरेको तथा एउटा जुझारु युवा भएको नाताले मलाई व्यापारी साथीहरुले पत्याउँदै आउनुभएको छ । केन्द्रका अधिकार स्थानीय तहमा आएपछि उद्योग बाणिज्य संघको अभिभारा समेत बढेको छ । नगरपालिकासँग समन्वय गरेर धेरै कार्य गर्नु छ । यसको मर्यादा र गरिमा बढाउन, उर्लाबारी नगरीको इज्जत बढाउने मेरो मलाई भोट दिनुहुनेछ ।



    र अन्त्यमा
    आम उर्लाबारी उद्योग बाणिज्य संघमा आवद्ध व्यापारीहरुलाई मेरो परिचय दिइरहनु आवश्यक छैन । म खुला किताब जस्तो पारदर्शी छु । मेरा सामाजिक कार्यहरु यहाँहरुले देखिसक्नुभएकै छ । यसपटक मलाई महासचिव पदमा सबै उद्योगी, व्यापारीहरुले साथ दिनु नै हुने छ भन्ने विश्वास लिएको छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…