• काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति देउवामा महासमिति बैठक गर्ने इच्छाशक्ति नदेखिएको आरोप लगाएका छन् ।

    काँग्रेसका केन्द्रिय सदस्य तथा नेता कोइरालाले महासमिति बैठक भदौ महिनाभित्रमा गर्न दवाव दिने भन्दै सभापति देउवामा महासमिति बैठक गर्ने इच्छा शक्ति नदेखिएको आरोप लगाएका हुन् ।

    नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले भने ‘सभापतिले विधानलाई आत्मसात गर्नुभएन, महासमितिको बैठक गराउन दवाव दिनका लागि हस्ताक्षर गराएर भएपनि भदौ महिनाभित्रै महासमितिको बैठक गर्नुपर्छ ।’



    पूर्वनिर्णयअनुसार भदौ महिनाभित्र महासमिति बैठक गराउनुपर्ने उनको भनाइ थियो ।

    महासमिति बैठक तोकिएको समयमा गराउन दवाव दिनका लागि हस्ताक्षर गर्न सुझाव आइरहेको बताउँदै डा.कोइरालाले भने, ‘यदि आलटाल गरियो भने सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर पनि हुन सक्छ ।’

    सभापति देउवाले महासमितिको बैठक असोज महिनापछि गर्ने तयारी गरेको आरोप छ । भदौ महिनाभित्र महासमिति बैठक गर्न समय अपर्याप्त भएको भन्दै देउवाले छठ पर्वपछि बैठकको प्रस्ताव गरेको जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…