• क्वालालम्पुर,

    अगस्ट-१३

    रातोकलम,

    विदेशको जेलमा रहेका नेपालीहरुलाई कानुनी रुपमा प्रतिरक्षा गर्न भन्दै श्रम रोजगार तथा सामाजिक मन्त्रालयले कार्यदल गठन गरी वैदेशिक रोजगारी लाई थप ब्यबस्थित र मर्यादित बनाउने उदेश्यले गत जेष्ठ मा विभिन्न देश मा रहेका नेपाली नागरिकको कानुनी प्रतिरक्षा गर्ने निर्णय सरकारले गरेको थियो।

    कतिपय देशहरुमा नेपाली नागरिकले कानुनि उपचार पाउन नसक्दा थुप्रै निर्दोष नेपाली नागरीकले समेत जेल जिबन बिताइरहन परेको छ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले विभिन्न देशमा रहेका दूतावासलाई वकिल नियुक्त गर्ने आदेश दिए संगै नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले पनि गत जेष्ठ ११ मा भारतीय मुलका खरेन जित लाई नेपाली दूतावास को वकिलको रुपमा एक बर्षे करार सेवामा नियुक्त गरेको थियोे।

    साधारण प्रकृतिका मुद्दाहरु मा निसुल्क सेवा प्रदान गरिने भएता पनि गम्भीर प्रकिती का मुद्दा अदालतको आदेश अनुसार सजाय मृत्यु दण्ड धरौटी जस्ता गम्भीर मुद्दाहरु सेवाग्राही र वकिलको सहमतीमा शुल्क निर्धारण हुने र सेवाग्राही आफैले बेहोर्नु पर्ने छ।र सुचना दूतावास लाई अबगत गराउनुपर्ने प्राबधा सहित वकिल नियुक्त गरिएको दूतावास श्रोतले जनाएको छ।

    यद्यपि खर्च बेहोर्न नसक्ने बिपन्न परिवारका हकमा भने दूतावास ले प्राथमिकताको आधारमा उपलब्ध बजेट को परिधिभित्र रहेर रकम उपलब्ध गराउने दूतावासले जनाएको हो।भने हाल सम्म मलेशियाका बन्दी गृहहरुमा २०४ जना नेपाली कामदारहरु रहेकोे दूतावास स्रोतको दाबी छ।

    प्राय जसो नेपालीहरु अभियोग अध्यागमन मुद्दा ,चोरी ,अबैध धन्दा लागुऔसधि सेबन तथा ओसारपसार झैझगडा का कारण जेल परेको श्रोत ले जनाएको छ। गत बर्ष २०१७ को तथ्यांक अनुसार ३१ जना नेपाली कामदार कार्बाहिमा परेका थिए। कतिपय को मुद्दा छिनोफानो भइ स्वदेश फर्किसकेका छन।
    भने कतिपय उद्वार गरेर स्वदेश फिर्ता गर्ने नेपालि दूतावास क्वालालम्पुरको तयारी छ।

    अगिल्लो बर्ष को तुलनामा यो बर्ष प्रहरीको कार्बाहिमा पर्ने नेपालिको सङ्ख्या ह्वात्तै बडेको स्रोतले बताएको हो। चालू आर्थिक बर्षको अगस्ट ९ सम्मकै छोटो अबधिमा लागू औसधि प्रयोगकर्ता मात्रै २२ जना उपर कानुनी कार्बाही चलिरहेको छ।

    विभिन्न मुद्दामा बन्दी जीवन बिताइरहेका मध्य अदालतले मुद्दा सदर गरेको र स्वदेश फिर्तिको लागि विभिन्न १२ वटा घरफिर्ती केन्द्रमा करिब १६९ नेपाली कामदारहरु टिकटको पर्खाइमा छन ।जसमध्य सेपाङमा १५ जना,बुकिट जलिलमा ३४ जना,सिमोनियामा १६ जना लिमुकमा २८ जना,मलाकामा २२ जना इपो पेराकमा २ जना,जोहोरबारुमा २७ जना,पुलाउ पेनाङमा २२ जमा र केडाहमा ३ जना रहेका छन ।

    घरफिर्ती केन्द्र मा रहेका नेपालि कामदार लाई दूतावास ले एकतर्फी यात्रा अनुमतीपत्र निसुल्क दिने ब्यबस्था गरेको छ ।घर फिर्ती केन्द्र मा रहेका मानिस का आफन्त हरु बाट केन्द्र मा रहेका उनीहरु फिर्ता को लागि पठाइएको रकम समेत ठगी हुने गरेको गुनासो दूतावास मा आएको भएको ले सिधै दूतावास मा परामर्श लिन सक्ने दूतावास स्रोतले जनाएको छ ।

    मलेसियाको विभिन्न स्थानमा रहेर काम गर्दै आएका नेपाली कामदारहरुलाई अवैधानिक रुपमा काम नगर्न नेपाली राजदुतावास मलेसिया क्वालालम्पुरले अनुरोध गरेको छ । अवैधानिक भएर काम गर्नु आफू असुरक्षित हुने मात्र नभई यहाको अध्यागमन कानुनको समेत उल्लंघन हुने हुँदा यसो नगर्न लाई विभिन्न समय समय मा बिज्ञपति निकालेर सचेत गराइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…