• उर्लाबारी । युवा समाजसेवी सुन्दर श्रेष्ठले प्रभात निमाविको विद्यार्थीको लागि विशेष कक्षाको व्यवस्थापन मिलाउने हुनुभएको छ ।
    आफ्नो एकल लगानीमा उहाँले विद्यार्थीको पढाई अझै राम्रो होस भन्ने हेतुले कक्षा ६,७ र ८ को लागि अंग्रेजी,गणित र विज्ञान कक्षाको लागि ट्युसन स्वरुपको पढाई सन्चालनमा सहयोग गर्ने हुनुभएको हो ।
    जसको लागि ३ जना छुट्टै शिक्षकको व्यवस्था गरिनेछ भने विद्यालय छुट्टीको समयमा ट्युसन पढाईनेछ ।
    सामुदायिक विद्यालयको शैक्षिक स्तर निक्कै खस्किएको र त्यसमा पनि प्रभात निमावि आफु अध्ययनले पहिले अध्ययन गरेको विद्यालय भएर सहयोग गरिरहेको श्रेष्ठले बताउनुभयो । उहाँले गर्न लागेको यस कार्यको लागि विद्यालयले विद्यालयले बृहत अभिभावक भेलाको आयोजना गरेको थियो । जहाँ अभिभावकहरुले श्रेष्ठको कामको खुलेर प्रशंशा गरेका थिए ।
    हाम्रा नानीहरुको पढाई अझै राम्रो हुने भयो, हामी खुशी छौ,अभिभावक रामबहादुर पोमुले भन्नुभयो ।



    कार्यक्रममा बोल्दै श्रेष्ठले विद्यार्थी नानीहरुको लागि १ घण्टा विशेष कक्षाको लागि अभिभावकहरुले छुट्टीयाई दिनुपर्ने बताउनुभयो ।
    उहाँले केहि दिन भित्रमै अब विशेष कक्षा सुरु हुने बताउनुभयो । अंग्रेजीका श्रेपूर्व विद्यार्थी राजु श्रेष्ठले निशुल्क ट्युसन पढाइदिने बताउनुभएको छ । अन्य शिक्षकको शुल्क मनकारी सुन्दरले बेहोर्नु हुने भएको छ । पछिल्लो समय आर्थिक स्थिती मजबुद हुनेहरु सबै आफ्ना लालावाल निजी स्कुलमा पढाउने गरेकोले पुरानो रौनक सुन्दर भाईले फर्काउन लागेकोमा विद्यालयका प्रअ मोहन चाँपागाईले खुशी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो,अभिभावकहरु विशेष कक्षाको लागि तुयार हुनुभएको छ । अब चाँडै नै कक्षा सन्चालन हुन्छ । समाजसेवी श्रेष्ठले विद्यालय सेवा सुविधाको लागि पछिल्लो समय पिंग पनि निर्माण गरिदिनुभएको छ ।


    यसअघि उहाँले घेराबारामा सहयोग गर्दै एकल लगानीमा स्टेज निर्माण,रंग रोगन र १० जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउनुभएको छ । आमागि बर्ष २० जनालाई निुशल्क पढाउने उहाँको प्रतिबद्धता छ । प्रभात निमाविमा धेरै जना पढेर उच्च ओदाहामा पुगेपनि खासै कसैको सहयोग पुगेको छैन, केबीआई ग्रुप र कुलझोडा समुहले सकेको सहयोग गरेको छ । तर सुन्दर श्रेष्ठले बरु एकल लगानीमा भोलि आफ्नो स्थिती के हुन सक्छ भन्ने नसोची अमुल्य सहयोग गर्नुभएको छ । श्रेष्ठले आफ्नो सहयोगको सही सदुपयोग भए खुशी लाग्ने बताउदै पुनः सहयोग गर्न हौषला मिल्ने बताउनुभयो । उहाँले विकास निर्माणमा राजनितीक खिचातानी हुनु नहुने र सबैले सहयोग पुर्याउनु पर्ने बताउनुभयो । आफ्नो समाजसेवा कसैलाई चुनौति नभएर गर्नुपर्ने ठाउँमा सहयोग पुर्याएको बताउनुभयो । उहाँले राम्रो काम गरे जो कोहीको काममा आफ्नो साथ सहयोग रहने बताउनुभयो ।
    विद्यालयको छानो चुहिँएपछि बिभिन्न विवादले योजना अधुरो भएपछि उहाँले आम अभिभावक भेलामा सहजिकरणको निकास निकाल्न सहयोग पुर्याउनुभएको थियो ।
    जसको कारण नगरपालिकाको सहयोगमा छुने छानो फेरिने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…