उर्लाबारी÷मोरङको उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइराला आएका छन् ।
ओखलढुङ्गा जिल्ला समन्वय समितिको कार्यालयबाट सरुवा भएर उनी उर्लाबारी नगरपालिका आएका हुन् । कोेइराला सोमबार उर्लाबारी नगरपालिकामा हाजिर भए । उनलाई उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र कर्मचारीहरुले स्वागत गरेका थिए ।
२०६३ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका कोइराला २०६८ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएका थिए ।
विगतमा अछाम र रसुवाको स्थानीय विकास अधिकारी भइसक्नुभएका कोइरालाले धरान, जनकपुर र विरगञ्ज उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।