• दीप लिम्बू,
    क्वालालम्पुर/अगस्ट-१३

    पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भर्खरै क्वालालम्पुरको टिटि वाङ्सा को ब्याटमिन्टन खेल मैदानमा सम्पन्न भएको छ।उक्त खेलमा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक र नोर्बु तामाङले ८४ केजी तौल मुनिको खेलमा स्वर्ण पदक जितेका छन।

    त्यसैगरी गोमा थापाले ५३ केजी मुनि रजत पदक जितेकी छिन, भने १३ वर्ष मुनिको खेलमा रिवाज गिरिले कास्य पदक जितेका छन!त्यसैगरी दल बहादुर तामाङले पनि ७५ केजि तौल मुनि कास्य पदक हात पारेका छन।अस्मिता प्रजाले ६१ किलो तौल मुनि कास्य पदक हात पारेकी हुन। ६० किलो तौल मुनिको खेलमा तुलाराम धामीले कास्य पदक जितेका छन। भने नेपालले २ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ।

    नेपाल बाटै कराते टिम लिएर उक्त खेलमा सहभागी हुन नेपाल हायसिया-हा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला साथै अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री, रेफ्री दिपक बोहराले यस प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए!

    टिम म्यनेजरमा इन्द्र बस्नेत र टिम कोचमा कर्ण बहादुर राई रहेका थिए। यो प्रतियोगिता प्रत्येक २ वर्षको अंतरमा हुने गरेको छ। र उक्त पाचौं एसिया प्यासिफिक हायासिया-हा कराते महासंघको कोङ्रेस मिटिङले आगामी २०२०को छैटौं एसिया हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नेपालमा हुने निर्णय पनि गरेको छ।

    सो प्रतियोगितामा मलेशिया, नेपाल, बङलादेश,ईन्डिया,भियतनाम,अस्ट्रेलिया,फिलिपिन्स,इन्डोनेसिया,सिङापुर,श्रीलंका,हङकङ, लगाएत १४ देशको सहभागीता रहेको थियो।भने आज पदक विजेता खेलाडीहरुको हौसला बढाउन नेपालि प्रबाशी सियोरियो कराते सघ मलेशियाले मण्डला रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गरि सम्मान तथा विदाइ पनि गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…